विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बैंकर सुमन शर्मा नियुक्त भएका छन् । यसअघि उक्त जिम्मेवारीमा रहेका जनक शर्मा पौड्यालले पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै शर्मालाई नियुक्ति गरिएको हो ।

४ वर्षका लागि नियुक्त भएका शर्माले बुधबारदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । यसअघि माछापुछ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृत भइसकेका शर्मा बैंकिङ जगतमा स्वच्छ छवी बनाएका सक्षम बैंकरको रूपमा चिनिन्छन् । उनले २०७६ भदौ २८ गते माछापुछ्रे बैंक छाडेका थिए ।

त्यसयता कुनै पनि क्षेत्रमा काम नगरेका उनले लगानी बोर्ड र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन दिएका थिए ।
माछापुछ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुअघि शर्मा ग्लोबल आइएमई बैंकको जिम्मेवारीमा थिए । त्यसअघि पनि उनले माछापुछ्रे बैंकको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए । उनले एनएमबी बैंकमा पनि सहायक महाप्रबन्धक भएर काम गरेका थिए । करिब २२ वर्ष बैंकिङ क्षेत्रमा काम गरिसकेका शर्माले सन् १९९७ मा नेपाल एसबिआई बैंकमा अधिकृतस्तरबाट करिअर सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit