विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य उच्च गतिमा बढीरहेको बेला नेपाल विद्युत प्राधिकरणले एकैपटक २० वटा विद्युतीय सवारी भित्र्याएको छ । प्राधिकरण सामान्य सेवा विभागले पेट्रोल/डिजेलबाट चल्ने सवारीको विकल्पमा विद्युतीय गाडी ल्याएको हो ।

देशभित्र विद्युत खपत बढाउनुपर्ने त यसको दयितत्व प्राधिकरणको भएको हुँदा एकैपटक २० वटा सवारी (चार पाङ्ग्रे सानो गाडी) भित्र्याइएको विभागका प्रमुख विश्वनाथ शर्माले बताए । उनका अनुसार देशको विद्युत खपत बढाई वातावरण प्रदुषण नियन्त्रणमा सहयोग पुर्याउने उदेश्यले यी सवारी ल्याइएको हो ।

‘शुक्रबार (चैत २५ गते) सबै गाडी उपत्यका (काठमाडौं) आइपुगेका छन्’, उनले भने, ‘केन्द्रअन्तर्गत नै चलाउन यो सवारी ल्याइएको हो, कानून अनुसार वा सुविधा पाउनुपर्ने व्यक्तिलाई पहिले गाडी दिइनेछ ।’

यहाँ प्रयोग भएको पजेरो, प्राडोलाई प्राधिकरणकै अन्य कार्यालयमा स्थानान्तरण गरेर विद्युतीय सवारी सञ्चालन गरिनेछ। पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी हटाएर यी विद्युतीय गाडी चलाउँदा प्रतिसवारीबाट मासिक ५-७ लाख रुपैयाँसम्म बचत हुने पनि शर्माले बताए ।

अहिले प्राधिकरणले विभिन्न स्थानमा ५० वटा सवारी चार्जिङ स्टेसन निर्माण गरीरहेको छ । निर्माणाधीन चार्जिङ स्टेसनको काम आधा भन्दा बढी सकिएको छ । स्टेसनको काम आगामी २०७९ असारभित्र सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।

५० वटै चार्जिङ स्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन ३७ करोड ७० लाख ५५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमता (७१०० किलोवाट) को चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभिएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणाली जडान हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit