विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । औद्योगिक तथा व्यापारिक क्षेत्र र सर्वसाधारणबाट बिजुली कटौतीको गुनासो आइरहेकै छ । अहिले देशभर अनियमित विद्युत कटौतीको खैलाबैला छ; नेपाल विद्युत प्राधिकरण यसलाई ‘विद्युत कटौती’ वा ‘लोडसेडिङ’ मान्दैन । ऊ यसलाई सामान्य प्राविधिक त्रुटी मात्र भन्छ ।

जब आफ्नै प्रणालीले प्राधिकरण आफैंलाई धोका दिन थाल्यो, उसलाई आफैंले विकास गरेको प्रणालीमाथि भरोसा लागेन र डिजेल जेनेरेटर राख्यो । गत असार १४ गते साँझ परेपछि प्राधिकरण सञ्चालक समितिको बैठक थियो तर आफ्नै केन्द्रीय कार्यालयमा बिजुली थिएन । यसलाई पनि उसले सामान्य प्राविधिक त्रुटीका कारण बत्ती अवरुद्ध भएको ठान्यो र त्यो दिन सञ्चालक समितिको बैठक बसेन ।

असार १५ गते बिहान ८ बजेका लागि अघिल्लो दिन सञ्चालक समितिको बैठक राखिएको थियो । बैठक सुरु भएको एक घन्टापछि मात्र अघिल्लो दिन साँझ गएको बिजुली आयो । रकेटको गतिमा काम गर्ने, गरिरहेका वा गर्नेवाला प्राधिकरणका कर्मचारीले लाइन काटिएको १२–१४ घन्टापछि मात्र आपूर्ति दिन सक्नु अचम्म लाग्दो कुरो होइन ?

यो घटनाले देखाउँछ, कि प्राधिकरण माग र आपूर्तिबीच सन्तुलन मिलाउन सकिरहेको छैन वा वितरण पूर्वाधार निर्माणलाई बेवास्ता गरिरहेको छ । यसैको फलस्वरूप प्राधिकरणले आफ्नै कार्यालयमा नियमित विद्युत आपूर्ति लिन डिजेल जेनेरेटरको सहारा लिएको छ । प्राधिकरण विद्युत व्यापार विभागको पश्चिमतर्फ जहाँ मोटरसाइकल पार्किङ गर्ने थलो छ, त्यहाँ अहिले ठूलो जेनेरेटर राखिएको छ ।

प्राधिकरणमा सबैले देख्ने ठाउँमा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण गरिएको छ भने कुनापट्टी धेरैको आँखा नपर्ने ठाउँमा लगेर जेनेरेटर ठड्याइएको छ । यो कस्तो अचम्म लाग्दो कुरो, प्राधिकरण आफूले विद्युत खपतको वकालत गरिरहेको छ, चार्जिङ स्टेसन विकास गर्दैछ छ तर यहाँ नियमित विद्युत आपूर्तिका लागि जेनेरेटर पनि जोडेको छ । सायद, यस्तो घटना दुनियाँमा अन्यत्र हुँदैन ।

५–६ वर्ष अगाडि प्रणालीमा विद्युत अपुग हुँदा विद्युत कटौती गर्ने गरिन्थ्यो तर अहिले प्रणालीमा बिजुली छ । समस्या भने पुरानै दोहोरिइरहेको छ । लोडसेडिङ हटेको हल्ला गर्दै हिँडेको परिमाण आज देशले बेहोरिरहेको छ । प्रसारण, वितरण र सम्बन्धित पूर्वाधार विकास नभएकै कारण आज देशका औद्योगिक क्षेत्रले मात्र होइन, प्राधिकरण आफैंले पनि नियमिति विद्युत आपूर्ति गर्न जेनेरेटरको सहारा लिनुपर्ने अवस्था आएको हो ।

प्रणालीमा पर्याप्त विद्युत भएर पनि विषम परिस्थिति निम्तिनुमा प्राधिकरण नेतृत्वको लाचार कार्यशैली जिम्मेवार मान्नुपर्छ । प्राधिकरण आफैंले जेनेरेटर राखेपछि, यसको सन्देश पक्कै पनि सकारात्मक जाँदैन । उसले भनेको हुनुपर्छ– नियमित विद्युत आपूर्तिमा समस्या आइरहन्छ । हरेक घर, विद्यालय, अस्पताल, उद्योग–कलकारखाना सबैमा विकल्पमा जेनेरेटर जोडिराखौं । बिजुली भएर पनि पुनः जेनेरेटरको युगतिर फर्किनु जति दुःखद पीडा नेपालीले मात्र भोग्नुपर्ने हो कि !

अवस्था कस्तो सम्म भइसकेको छ भने डिजेल पेट्रोलका सवारी विद्युतीयबाट प्रतिस्थापन गर्ने भन्दै दिनहुँ यस्ता सवारी भित्रिरहेका छन् । यी विद्युतीय सवारी समेत डिजेलबाट उत्पादित विद्युतले चार्ज गर्नुपर्ने अवस्था निम्तिएको छ । नियमित विद्युत आपूर्ति नभएपछि जेनेरेटरबाटै विद्युतीय सवारी चार्ज गर्नुपर्ने अवस्था निम्तिएको बुटवल तथा पोखराका व्यवसायीहरूले सुनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit