images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । टोखा नगरपालिकाले ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत ४३४ सडक बत्ती जडान गरेको छ । आर्थिक वर्ष (आव) २०७९/८० मा मेयर उज्यालो कार्यक्रम अन्तर्गत साे सडक बत्ती जडान गरिएको हो ।

टोखाभित्रका विभिन्न सडकमा ४३४ सडकबत्ती र १३० सिसी क्यामरा जडान गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आव २०७७/७८ देखि बजेट विनियोजन गरेर ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत सडकबत्ती र सिसी क्यामेरा जठान गर्दै आएको छ ।

आव २०८०/८१ मा पनि ‘मेयर उज्यालो कार्यक्रम’ लाई निरन्तरता दिँदै नेपाल विद्युत प्राधिकरणसँगको लागत साझेदारीमा नगर क्षेत्रभित्रका उपयुक्त सार्वजनिक स्थानहरूमा सडक बत्ती जडान गर्ने कार्यक्रम अघि सारेको छ । यसका लागि नगरपालिकाले २ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

टोखाले चालु आवमा वडा नम्बर २ र ६ को वडा कार्यालय भवन निर्माण गर्नुका साथै नगरपालिकाको प्रशासकीय भवन निर्माण समेत सम्पन्न गरेको छ । सार्वजनिक भवन, ताल, पोखरी संरक्षण, ऐतिहासिक सम्पदाको पुनर्निर्माण, नदी नियन्त्रण, खानेपानी डिप बोरिङ एवम् पाइपलाइन विस्तारलाई प्राथमिकता दिएको टोखाले चालु आवमा १२.१५ किलोमिटर पक्की सडक निर्माण गरिसकेको छ ।

यस्तै, ब्लक विच्छ्याउने काम ३.२९ वर्ग किलोमिटर, पुल कल्भर्ट १२ वटा, ढल विच्छ्याउने तथा मर्मत कार्य ५.११ किलोमिटर, खानेपानी पाइपलाइन विच्छ्याउने तथा मर्मत १३२ स्थानमा गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit