विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । अरुण काबेली पावर लिमिटेडले भदौ ८ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले कायम चुक्ता पुँजीकाे शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे ।

कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेकाे हाे । सेयरधनी सदस्यले भदौ २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद शेयर निष्कासनबाट संकलन भएको रकममध्ये ६५ करोड ५२ लाख रुपैयाँ काबेली बि-१ जलविद्युत आयोजना निर्माणका लागि बैंकबाट लिएको दिर्घकालिन ऋण आंशिक तिर्न तथा १२० करोड रुपैयाँ काबेली इनर्जी लिमिटेडले निर्माण गरी काबेली ए जलविद्युत आयोजनामा स्वपूँजी लगानी गर्ने योजना रहेको छ ।

कम्पनीले काबेली बि १ जलविद्युत परियोजना निर्माणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ३६० करोड रुपैयाँ दिर्घकालिन ऋण प्राप्त गरेको थियो । सोमध्ये ३१० करोड रुपैयाँ कर्जा तिर्न बाँकी रहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit