विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतमा कोइला अभाव भई थर्मल प्लान्ट नियमित सञ्चालन हुन नपाउँदा ऊर्जा संकट गहिरिँदै गएको छ । संचित कोइलाको परिमाण कम हुँदै गएकाले तथा आयातति कोइलाको उच्च मूल्यबृद्धिका कारण थर्मल प्लान्ट पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि ऊर्जा संकट गहिरिँदै गएको हो ।

कोइला अभावमा उत्पादन प्रभावित हुँदा कयौं राज्यमा विद्युत आपूर्ति अनियमित हुन पुगेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उत्पादन कम हुँदा बिहार, झारखण्ड, राजस्थान, उत्तर प्रदेश, जम्मू कश्मिर, लद्दाखलगायत राज्यमा लोडसेडिङ गर्नुपर्ने अवस्था आएको छ । यी प्रदेशहरूमा दैनिक १४ घन्टासम्म विद्युत कटौती भइरहेको छ ।

अन्य राज्यमा पनि विद्युत आपूर्ति अनियमित हुने क्रम बढेको छ । आर्थिक गतिविधि बढ्दा विद्युतको माग १८ प्रतिशतसम्म बढेकाले, अत्याधिक वर्षाले कोइला उत्पादन बन्द हुँदा तथा आयातित कोइलाको उच्च मूल्यबृद्धिका कारण घरेलु कोइलामाथिको निर्भरता बढ्दा  भारतभर लोडसेडिङ हुने खतरा बढेको समाचारहरूमा जनाइएको छ ।

यो वर्ष बढी वर्षा भएकाले अहिलेको समयका लागि पर्याप्त कोइला भण्डार गर्न नसकेकाले  पनि ऊर्जा संकटको अहिलेको अवस्था आएको त्यहाँको ऊर्जा मन्त्रालयले जनाएको छ । अहिले सञ्चालनमा रहेका थर्मल प्लान्टका लागि आवश्यक कोइलाको भण्डार सकिँदै गएकाले जडित क्षमताको ७० प्रतिशत विद्युत उत्पादन कटौती हुने खतरा बढेको छ ।

एक साताभन्दा कम समयको कोइला मात्रै भण्डार रहेकाले थर्मल प्लान्टको उत्पादन बन्द गर्नुपर्ने अवस्था आउन लागेको हो । मन्त्रालयका अनुसार अबको ६ महिनासम्म कोइला अभावले थर्मल प्लान्टको विद्युत उत्पादन प्रभावित हुने देखिएको छ । 

कोइला अभावले भारतको सबैभन्दा ठूलो विद्युत उत्पादक एनटिपिसीले सञ्चालन गरेका थर्मल प्लान्ट समेत मारमा परेका छन् । कोइलाको संकट गहिरिँदै गएकाले राजधानी दिल्लीमा पनि ऊर्जा संकटको अवस्था आउन सक्ने मुख्य मन्त्री अरबिन्द केजरिवालले बताएका छन् । 

‘दिल्लीमा विद्युत आपूर्ति बन्द हुने सम्भावना बढेको छ,’ उनले भने, ‘राष्ट्रिय महत्त्वका रणनीतिक केन्द्र, अस्पताल र कोभिड–१९ विरुद्धको कोप केन्द्रहरूको विद्युत आपूर्ति रोकिनु हुँदैन ।’  उनले आपूर्ति व्यवस्था सहज बनाउनका लागि दिल्लीमा कोइला तथा ग्यास आपूर्ति बढाउन केन्द्र सरकारले काम गर्नुपर्ने बताए ।

केन्द्र सरकारले दिल्लीको आपूर्ति व्यवस्था प्रभावित हुन नदिन ग्यास आपूर्तिको सुविधा दिने भएको छ । एनटिपिसीलाई पनि कोइलाको भण्डार बढाउन निर्देशन दिइएको छ ।

भारतको कूल जडित क्षमताको ७० प्रतिशत विद्युत कोइलाबाट चल्ने थर्मल प्लान्टहरूबाट उत्पादन हुने गर्दछ । भारतभरमा कोइलाबाट चल्ने १३५ वटा थर्मल प्लान्ट छन् । कोइला अभावमा यी थर्मल प्लान्टको विद्युत उत्पादन प्रभावित हुँदा विद्युत अभावमा उद्योगधन्दा, कलकारखाना, व्यापार व्यावसाय पनि बन्द गर्नु पर्ने अवस्था आउने देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो वर्ष अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य ४० प्रतिशतसम्म बढेपछि विश्वका धेरै देशले ऊर्जा संकटको अवस्था झेलेका छन् । कोइला अभावमा थर्मल प्लान्टहरू बन्द हुँदा चीनका उद्योगहरूको ४४ प्रतिशत उत्पादन कटौती हुन पुगेको छ ।

यो वर्ष भारत र चीनले जस्तै, युरोप तथा दक्षिण अमेरिकी देशहरूले पनि कोइला अभावमा ऊर्जा संकटको अवस्था झेलिरहेका छन् । काेइलामा भएकाे मूल्यबृद्धिकाे प्रभाव विश्वभरकाे ऊर्जा उत्पादनमा देखिएकाे हाे ।

समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit