विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीले रसुवामा निर्माणाधीन १४.३ मेगावाटकाे माथिल्लाे मैलुङ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह गर्न ११ किलाेमिटर प्रसारण लाइन निर्माण गर्ने भएकाे छ । कम्पनीले आयोजनाले उत्पादन गर्ने विद्युत नुवाकाेटस्थित त्रिशूली–३ ‘बी’ हब सबस्टेसनसम्म पुर्याउन याे प्रसारण लाइन निर्माण गर्न लागेकाे हाे ।

विद्युत विकास विभागले प्रसारण लाइन निर्माण गर्न कम्पनीको नाममा अनुमति दिने प्रकृया अन्तिम चरणमा पुर्याएको छ ।  विभागले विद्युत ऐन २०४९ को दफा ४ को व्यवस्था अनुसार विद्युत नियमावली २०५० को नियम १३ बमोजिम कम्पनीलाई अनुमतिपत्र दिन लागेको हो ।

कम्पनीलाई प्रसारण लाइनकाे अनुमतिपत्र दिन विभागले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । विभागले अनुमतिपत्र दिनुअघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ ।  इच्छुकले कम्पनी वा विभागको कार्यालयमा आइपुग्ने गरी आफ्नो राय/सुझाव पठाउन सक्नेछन् ।

लाइन रसुवा जिल्लाको उत्तरगंगा गाउँपालिकाको वडा नम्बर १ मा निर्माणाधीन जलविद्युत आयोजनाको स्वीचयार्डदेखि सोही पालिकाको वडा नम्बर २ र ३ र नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकाको वडा नम्बर ५ मा निर्माणाधीन त्रिशुली ३ ‘बि’ हबको स्वीचयार्डसम्म निर्माण गरिने कम्पनीले जनाएकोे छ । कम्पनीका अनुसार करिब ११ किलोमिटर लामो लाइनमा २८ वटा टावर रहनेछन् ।

एक टावरदेखि अर्को टावरसम्मको औसत दुरी ३५० मिटर हुनेछ । यो  लाइनका लागि करिब १९.५९५ हेक्टर जमिन आवश्यक पर्नेछ । यो आयोजना सुरु भएको ६ महिनाभित्र पूरा गर्ने गरी प्रस्ताव पेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले निर्माण गरिरहेको जलविद्युत आयोजनाको काम आधा भन्दा बढी सकिएको छ । आयोजनाको काम पुरा गरी चालु आर्थिक वर्ष २०७८/७९ भित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit