images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनलाई समेटेको राइड सेयरिङ एप ‘ई-ड्राइभ नेपाल’ सञ्चालनमा आएको छ । ई-ड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैयाँको लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा सुरु गरेको हो ।

अन्य सेवाभन्दा सस्तो, नयाँ गाडी, दुर्घटना बिमा, ओपिटी प्रणाली र जिपिएस प्रणाली जडान गरी निकै सुरक्षित प्रविधिका साथ सञ्चालनमा ल्याइएकोले ‘ई-ड्राइभ नेपाल एप’ सेवाग्राहीको आकर्षण हुने कम्पनीले जनाएको छ ।

नेकपा एमालेका प्रतिनिधि महेश बर्तौला तथा बागमति प्रदेशका उप-सभामुख अप्सरा चापागाँई र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘ई-ड्राइभ एप’ र ट्याक्सी सेवाको उद्घाटन गरे ।

इलेक्ट्रिक्स गाडिको प्रयोगले नेपालको विद्युतकाे खपत हुने, वातावरण संरक्षण हुने र पेट्रोलको खरिदमा अर्बौं रुपैयाँ विदेशिनबाट जोगिने हुनाले यसको भविष्य उज्वल रहेको बर्तौलाले बताए । नेपालमा इलेक्ट्रिक गाडिको प्रयोगले नेपालमै उत्पादित विजुली र र त्यसको खपत नेपालमै हुँदा आर्थिक उन्नतीमा टेवा पुग्ने बताए ।

उनले एउटै कम्पनीको इलेक्ट्रिक ट्याक्सी खरिद गर्नुपर्ने गरी हाल सरकारले बनाएको नियम सच्याउन जरुरी रहेको बताउँदै ई–गाडीमैत्री कानुन ल्याउन पहल गर्ने प्रतिवद्धता जनाए ।

साथै, ई-ड्राइभको अभियानमा नेपालमा रहेका अन्य इलेक्ट्रिक सवारी साधनहरू पनि क्रमशः जोडिंदै जाने कम्पनीले जनाएको छ । सेवाग्राहीहरू सुविधा सहित सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु ई-ड्राइभ नेपालको उद्देश्य हो ।  साथै, नेपालमा रोजगारीको नयाँ अवसर, इलेक्ट्रिक सेवाको उच्च प्रयोग, वातावरण संरक्षण, थुप्रै धनराशि बिदेसिनबाट जोगाउनु ईड्राइभ नेपालको अभियान हुने ई-ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले बताए ।

पुर्णत विद्युत्‌बाट चल्ने यी सवारी साधनले ग्राहकलाई आरामदायी सेवा सुविधा सहित गन्तब्यमा पुर्याउनेमात्र नभई विद्युत्‌काे खपत, पेट्रोलियम पदार्थबाट विदेशिने रकममा राज्यको बचत, इको फ्रेन्डली र वातावरण संरक्षणलाई समेत फाइदा पुग्ने कम्पनीका अध्यक्ष राजेश मास्केले बताए ।

त्यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा पेट्रोलियम पदार्थको प्रयोग भएका ट्याक्सीहरूलाई विस्थापित गर्दै ई–ट्याक्सीलाई सरकारले वढावा दिनुपर्ने बताए ।

नेपालमा १०० गाडी भित्रिँदा ७० वटा गाडी विद्युतिय हुनु खुशीको विषय रहेको भन्दै घिसिङले पेट्रोल ट्याक्सीलाई विद्युतिय ट्याक्सीमा परिणत गर्न सरकारले सुविधा थप्नुपर्ने सुझाव दिए ।

ई–ड्राइभको राइड सेयरिङ एप नेपाली सफ्टवेयर इन्जिनियरहरूले नेपालमा बनाएको पहिलो एप पनि हो । यो एप अहिले नै प्ले स्टोर तथा एप स्टोर दुबैमा डाउनलोड गर्न सकिन्छ ।

राष्ट्रिय सभागृहमा उद्घाटन गरेसँगै ४० वटा नयाँ इलेक्ट्रिक्स ट्याक्सीले टुंडिखेलको एक चक्कर लगाएका थिए । हाल कम्पनी आफैले २० वटा ट्याक्सी सञ्चालनमा ल्याइसकेको छ भने थप एक सय वटा ट्याक्सी सञ्चालन गर्ने तयारी गरिसकेको र त्यो खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको कम्पनीले जनाएको छ  ।

ई-ड्राइभको विशेषता के ? 

ई-ड्राइभ एपको भाडा अन्य सवारी सेवा भन्दा सस्तो छ भने निकै सुरक्षित रहेको जनाइएको छ । ईड्राइभ सेवामा वान टाइम पासवर्ड (ओटिपी) प्रणालीको प्रयोग गरिएको छ । जसले सेवाग्राही र चालक बिच पासवर्ड मेल भएपछि मात्र सेवा प्रयोग हुनेछ। त्यसैगरी ईड्राइभ सुविधा लिने क्रममा दुर्घटना भएमा सेवाग्राहीलाई तोकिएको बिमा सुविधा प्राप्त गर्नेछन् ।

त्यस्तै, ई–ट्याक्सीमा जिपिएस जडान गरिएको छ । यसले गर्दा आफ्नो सवारी साधनको सम्पूर्ण नियन्त्रण ई-ड्राइभ कम्पनीसाग हुनेछ र यसले सेवाग्राहीलाई थप ढुक्क बनाउनेछ । कम्पनीले आफ्नै ‘फास्ट चार्जिङ स्टेसन’ स्थापना गरेको छ । जसमा पार्किङ लट सहित ट्याक्सी, स्कुटरहरू चार्ज हुनेछ । 

रोजगारी

ईड्राइभ नेपाल प्रालिले महिला चालकहरूलाई विशेष सहुलियत प्रदान गरेको छ । त्यस्तै आफै गाडी मालिक बन्नेहरूकालागि पनि योजना कम्पनीसँग छ । इलेक्ट्रिक सवारी खरिद गरी सञ्चालन गर्न चाहना राखेका तर आर्थिक अवस्था कमजोर रहेकालाई कम डाउन पेमेन्टमा ट्याक्सी खरिद गर्नका लागि कम्पनीले सुविधा दिनेछ । एपमा आबद्ध सवारी चालकले कमिसन प्रतिशत कम मात्र बुझाउनुपर्नेछ ।

इलेक्ट्रिक सेवाको प्रयोग र बचत 

काठमाडौँ उपत्यकामा पेट्रोलबाट चल्ने १६ हजार ट्याक्सी दर्ता छन् । त्यसमा दैनिक १२ हजार ट्याक्सी सञ्चालनमा आएको देखिन्छ, जसले दैनिक अनुमानित ३ करोड ६ लाख रुपैंया बराबरको पेट्रोल खपत गरिरहेको सर्वेक्षणले देखाएको छ ।

पेट्रोलका यी सबै ट्याक्सी ई–ट्याक्सी हुने हो भने १२ हजार ट्याक्सीले दैनिक २४ लाख रुपैंया बराबरको विद्युत् खपत गर्नेछ । त्यसो हुँदा दैनिक २ करोड ८२ लाख रुपैंया बचत हुनेछ । यसले प्रतिमहिना ८४ करोड ६० लाख रुपैंयाको बचत हुने देखिन्छ । अर्थात् मासिक ९१ करोड ८० लाख रुपैंया बराबरको पेट्रोल खरिदबाट बिदेशिने रकम बचत हुनेछ । भने अर्कोतर्फ विद्युत् उत्पादनमा फड्को मार्दै गरेको नेपालको विद्युत्को नेपालमै राम्रो खपत हुनेछ ।

‘ग्रिन सिटी क्लिन सिटी’

‘प्रदुषणमुक्त सहर’ सबैको साझा अभियान हो । यस अभियानमा इलेक्ट्रिक सवारीले विश्वमा नै प्राथमिकता पाइरहेको अवस्थामा ई–ड्राइभ नेपाल पनि ‘प्रदुषणरहित सुन्दर सहर’ को अवधारणामा जोडिएको छ ।

इलेक्ट्रिक सवारीको प्रयोगले वातावरण संरक्षणमा प्रत्यक्ष योगदान पुग्नेछ । काठमाडौँ महानगरपालिकाको ‘ग्रिन सिटी क्लिन सिटी’ अवधारणालाई अगाडि सारेको छ । महानगरको अवधारणमा ई–ड्राइभ नेपालले पनि सहयोगी भूमिका निभाउने कम्पनीको विश्वास छ ।

मुख्यतः सेवाग्राहीहरू सुविधा सहित सुरक्षित रूपमा गन्तव्यमा पु¥याउनु ई–ड्राइभ नेपालको उद्देश्य हो । साथै ई–ड्राइभ नेपालको अभियान विशुद्ध व्यापार मात्र नभएर नयाँ नेपाल बनाउने अभियानको एउटा सारथी हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit