विद्युत अपडेट

  • प्राधिकरण : ८२११ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । देशभित्र बिजुलीको बजार फराकिलो हुन नसकेपछि ९०० मेगावाटको अरुण–३ जलविद्युत आयोजनाबाट प्राप्त हुने निशुल्क ऊर्जा भारततिरै बेच्नुपर्ने बाध्यता देखिएको छ । देशभित्रै धमाधम जलविद्युत आयोजना निर्माण भइरहेको तर बजारको सुनिश्तिता हुन नसकेपछि विकल्पको खोजी गरिएको हो ।

भारतीय सरकारी कम्पनी सतजल जलविद्युत निगम (एसजेभिएन) ले प्रवर्द्धन गरिरहेको अरुण–३ बाट वार्षिक २१.९ मेगावाट (१९७.१ मेगावाट) निःशुल्क प्राप्त हुने सम्झौता छ । लगानी बोर्ड र निगमबीच भएको सम्झौता अनुसार यदि नेपाललाई आवश्यक परे निशुल्कबाहेक थप परिमाण पनि किन्न सक्ने र आवश्यक नपरे उतै बेच्न सकिने व्यवस्था छ ।

उक्त व्यवस्थाका आधारमा केही दिन अगाडि लगानी बोर्डले ‘निशुल्क विद्युतको व्यवस्थापन र थप/घट परिमाण के ति चाहिने हो’ भनेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सोधेको थियो । मन्त्रालयले यही बेहोरा नेपाल प्राधिकरणमा पठाएको थियो । प्राधिकरणले ‘हाललाई खपत हुने अवस्था नरहेको हुँदा भारततिरै बेचिदिन आग्रह गर्नुपर्ने’ प्रतिक्रिया पठाएको थियो ।

प्राधिकरणको निष्कर्षका आधारमा मन्त्रालयले बोर्डलाई जानकारी गराएको ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव देवेन्द्र कार्कीले बताए । ‘यो बोर्ड र आयोजना प्रवर्द्धक कम्पनीबीचको सम्झौता हो, त्यसमा आवश्यकता हेरेर लिनदिन जे गर्न पनि सकिन्छ । ठूलो कुरा रहेन,’ उनले ऊर्जा खबरसँग भने, ‘एसजेभिएनले पिपिए गरेकै दरमा बेचिदिए हामीलाई फाइदै हुन्छ ।’

आयोजनाबाट २०८० सालसम्म विद्युत उत्पादन गर्ने लक्ष्य रहेको हुँदा अझै दुई वर्ष बाँकी रहेको र त्यतिबेलासम्म नेपाललाई नै आवश्यक परे यतै लिन पनि सकिने सचिव कार्कीको भनाइ छ । यद्यपि, नेपालभित्र निजी क्षेत्रले समेत उत्पादन बढाउँदै लगेको हुँदा जगेडा विद्युतको परिमाण बढ्दै जाने देखिन्छ ।

आयोजना निर्माणकर्ता एसजेभिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी एसएपिडिसी) नेपाललाई प्राप्त हुने निशुल्क बिजुली भारतमा गरिएको विद्युत खरिद सम्झौता (पिपिए) दरमै बेचिदिन प्रस्ताव गरिएको छ । अरुणको बिजुली बेच्न एसजेभिएनले भारतमा प्रतियुनिट भारु ४.९० (७.८४ रुपैयाँ) मा पिपिए गरेको छ । सोही दरमा नेपालले पाएको निशुल्क बिजुली बेच्न सकिए वार्षिक ५ अर्ब ९५ करोड ५ लाख ६० हजार रुपैयाँ आम्दानी हुन्छ ।

अहिले भारतीय विद्युत एक्सचेन्ज बजारमा बिजुलीको मूल्य प्रतियुनिट भारु ३ देखि २.५० सम्म पुग्ने गरेको छ । यद्यपि, पछिल्लो समय रुस र युक्रेनबीच भएको युद्धका कारण कोइला आयातको संकट गहिरिँदा त्यहाँको बिजुलीको मूल्य प्रतियुनिट भारु २० (३२ रुपैयाँ) भन्दा बढी पुगेको देखिन्छ । तैपनि, नेपालले १२ महिना प्रतियुनिट ७.८४ रुपैयाँमा बेच्न पाए त्यो धेरै नै फाइदाजनक हुन सक्छ ।

नेपालले अहिले पिपिए प्रावधानअनुसार एनभिभिएनसँग (ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत) प्रतियुनिट भारु ४.१८ र टनकपुरबाट प्रतियुनिट भारु ४.१६ मा बिजुली किनिरहेको छ । यता, नेपालले अहिले त्रिशूली र देवीघाट जलविद्युतगृहको ३९ मेगावाट विद्युत भारतको एक्सचेन्ज बजारमा बेच्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit