विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को उपाध्यक्ष पदमा युवा ऊर्जा उद्यमी नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन् । इपानको शुक्रबार (जेठ २९ गते) हुने वार्षिक साधारण सभाले चयन गर्ने नयाँ कार्यसमितिमा उनले उपाध्यक्ष पदमा उम्मेदवारी घाेषणा गरेका हुन् ।

ऊर्जा उद्यमी तथा निर्माण व्यवसायी पन्तले वरिष्ठ उपाध्यक्ष प्रत्याशी उत्तम भ्लोन लामाको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । इपानको वर्तमान कार्यसमितिमा कोषाध्यक्ष समेत रहेका पन्तको यस कार्यकालको चर्चा ऊर्जा क्षेत्रमा लोभलाग्दो रहेको छ । विशेष गरी जलविद्युत् कम्पनीहरूलाई सङ्गठित गरी इपानलाई नीतिगत र आर्थिक रूपमा अब्बल बनाउन पन्तको भूमिका महत्त्वपूर्ण रहेको ऊर्जा व्यवसायीहरू बताउँछन् ।

उपाध्यक्षका प्रत्याशी पन्त २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडका अध्यक्ष समेत हुन् । पन्तको नेतृत्वले १० मेगावाटको युनाइटेड मोदी, ८ मेगावाटको टक्सार पिखुवाखोला र ५० मेगावाटको युनाइटेड मेवा जलविद्युत् केन्द्रले हाल विद्युत् उत्पादन गरिरहेका छन् । उनको ६०० मेगावाटभन्दा बढीका विद्युत् आयोजना तथा केन्द्रहरूमा लगानी रहेको छ ।

नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य पन्त चेम्बरको ऊर्जा समितिका सभापति पनि हुन् । पन्त निर्माण, जलविद्युत्का साथै इन्भेष्टमेन्ट क्षेत्रका कम्पनीहरूमा लगानी रहेको देव ग्रुपका अध्यक्ष समेत हुन् ।

युवा उद्यमी पन्तले जलविद्युत् आयोजनाको निर्माणमा आफूलाई अब्बल साबित गरिसकेका छन् । २० वर्ष लामो क्षेत्रगत अनुभवका कारण आफू इपानको उपाध्यक्षमा बलियो दाबेदार रहेको उनको भनाइ छ ।

आफू उपाध्यक्ष पदका लागि योग्य उम्मेदवार भएकाले ऊर्जा उद्यमीहरूको सहयोग प्राप्त हुनेमा पन्त ढुक्क देखिन्छन् । जलविद्युत् क्षेत्रमा उत्पादकहरूले भोग्दै आएका समस्या समाधानको योजना आफूसँग रहेको उनी बताउँछन् ।

आगामी दिनमा ऊर्जा क्षेत्रले मात्रै देशको विकास गर्ने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३