विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आगामी बुधबार (असार ३० गते) भित्र विद्युत महसुल नतिरे २५ प्रतिशत अतिरिक्त जरिवाना लाग्ने भएको छ । गत जेठ २१ गतेअघि नै मिटर रिडिङ भई अहिलेसम्म विद्युत महसुल नतिरेहका ग्राहकको हकमा ३१ गतेदेखि यो जरिवाना लाग्ने भएको हो ।

३० गतेभित्र निशेधाज्ञा अवधिको विद्युत महसुल बुझाउने ग्राहकको हकमा कुनै जरिवाना तथा अतिरिक्त शुल्क नलाग्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गरी ३० गतेभित्र निशेधाज्ञा अवधिको विद्युत महसुल तिरिसक्न ग्राहक वर्गमा आग्रह समेत गरेको छ ।

जेठ २१ गतेपछि मिटर रिडिङ भएका ग्राहकको हकमा भने विद्युत महसुल संकलन विनियमावली, २०७७ मा भएको व्यवस्थाअनुसार विद्युत महसुल भुक्तानीमा रिवेट तथा थप दस्तुर लाग्ने पनि सूचनामा भनिएको छ ।  कुनै कारणले मिटर रिडिङ हुन नसकेको भए प्राधिकरणको मोबाइल एपमार्फत आफैं मिटर रिडिङ गरी अनलाइनबाट विद्युत महसुल तिर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणको वेबसाइटमा गई केवाइसी अपडेट गरी मोबाइल नम्बर अद्यावधिक गरिएका ग्राहकको मोबाइलमै मासिक रिडिङ बिल एसएमएसमार्फत पठाइएको पनि प्राधिकरणले जनाएको छ । विद्युत महसुल संकलन विनियमावली २०७७ मा भएको व्यवस्थाअनुसार मिटर रिडिङ भएको मितिले ७ दिनभित्र महसुल बुझाएमा ग्राहकले २ प्रतिशत छुट पाउने व्यवस्था छ ।

७औं दिनदेखि १५औं दिनभित्र महसुल बुझाएमा ग्राहकले बिल अनुसारकै महसुल भुक्तानी गर्नुपर्छ । यस्तै, १६औं दिनदेखि ३०औं दिनसम्म महसुल बुझाउँदा ५ प्रतिशत, ३१औं दिनदेखि ४०औं दिनसम्म बुझाएमा १० प्रतिशत र ४० दिन कटेपछि बुझाएमा ग्राहकले २५ प्रतिशत थप दस्तुर तिनुपर्छ । 

कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरमा लगाइएको निशेधाज्ञाले समयमा मिटर रिडिङ हुन नसक्दा ग्राहकले नियमितरूपमा विद्युत महसुल तिरेका छैनन् । अनलाइन सुविधा भएका ग्राहकले पनि मिटर रिडिङ हुन नसक्दा खपत गरेको युनिटको बिल प्राप्त गर्न नसक्दा महसुल तिर्न सकेनन् । निशेधाज्ञा खुकुलो भएपछि भने प्राधिकरणले मिटर रिडिङ कार्य सुरु गरको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit