images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दिगो तथा भरपर्दो विद्युत आपूर्तिका पम्प स्टोरेज जलविद्युत आयोजना एकमात्र विकल्प रहेको बताएका छन् । केही साता अघि आयोजित ‘विद्युत खपत र बजारः सम्भावना र चुनौतीहरू’ विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

नदी प्रवाही (आरओआर) आयोजनाले मौसमी उत्पादन गर्ने हुँदा हिउँदको आपूर्ति, भरपर्दो उपलब्धता जस्ता समस्या समाधानका लागि पम्प स्टोरेज आयोजनाको विकल्प नरहेको पनि उनले दोहोर्याए । नेपालले भारतमा बिजुली बेच्ने विषयमा जोड दिइरहँदा आन्तरिक खपतमा पनि उतिकै ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

‘जुन बिजुली हामी भारतमा बेच्न खोजिरहेका छौं, त्यो सहुलियतको हो; प्रतिस्पर्धी बजारले मागेको होइन,’ उनले भने, ‘बजारले मागे अनुसार निर्यात गर्न हामीले त्यही अनुसार योजना बनाउनुपर्छ, काम गर्नुपर्छ ।’ अहिले बर्खामा बिजुली खेर गइरहेको, चाहेजति भारतमा बेच्न सकिएको र भरपर्दो विद्युत आपूर्ति नहुँदा गार्हस्थ र औद्योगिक क्षेत्रले विद्युत कटौतीको समस्या भोगिरहेको अवस्था अन्त्य गर्न पनि पम्प स्टोरेजको विकल्प नरहेको उनको भनाइ थियो ।

सन्तुलित विद्युत विकासको एकमात्र आधार पम्प स्टोरेज जलविद्युत आयोजना नै हो । पहाडको खोंच हुँदै बग्ने नदी तथा खोलाहरूमा पम्प स्टोरेज आयोजना बनाउन सकिन्छ । रूपाताल र बेगनासमा अध्ययन पनि भइरहेको तथा कुलेखानी जलाशयमा पम्प स्टोरेज बनाउन सकिने भन्दै शाक्यले अन्य सम्भावित क्षेत्रको पनि अध्ययन गर्दै जानुपर्ने तर्क प्रस्तुत गरेका थिए ।

गत भदाै ७ गते आयाेजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएकाे कार्यपत्रकाे भिडियाे

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit