images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । माण्डु हाइड्रो पावर लिमिटेडको सेयर आवेदन दिने आज (शुक्रबार) अन्तिम दिन रहेको छ । कम्पनीले असार २८ देखि आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका स्थानीयको लागि खुल्ला गरेकाे सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेकाे हाे ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा सेयर निष्कासन गरेको हो  । कम्पनीले २ लाख ७२ हजार ७ सय ३० कित्ता सेयर आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका स्थानीयबासीलाइ निष्कासन गरेको छ । यसमा ललितपुरको बागमती गाउँपालिकाको वडा नम्बर १ र २, मकवानपुर जिल्लाको भीमफेदी गाउपालिकाको वडा नम्बर ५,६, ७, र ८, तथा इन्द्र सरोबर गाउपालिकाको वडा नम्बर ३ का स्थानीयले आवेदन दिन सक्ने छन् । 

स्थानीयले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासममका लागि आवेदन दिन सक्नेछन् ।  सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल बिक्रि प्रबन्धक ताेकिएकाे छ । कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई सेयर निष्कासन गरि बाँडफाँड गरिसकेकाे छ । अब,  स्थानीयकाे सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने कम्पनीले  जनाएकाे छ ।

कम्पनीले २२ मेगावाट क्षमताको बागमती जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit