images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । दिगो विकासको लक्ष्य प्राप्तिका लागि ग्रिड अर्थात् हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने सम्बन्धमा पूर्वाधार संरचनाहरूको निर्माण तथा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले ‘दिगो पूर्वाधार लगानी फोरम’ आयोजना गर्न लागिएको छ । लगानी बोर्ड नेपालको अगुवाई तथा संयोजनमा यही भदौ २९ गते काठमाडौँमा उक्त सम्मेलन गर्न लागिएको हो ।

नेपालले विश्व जलवायु सम्मेलन (कोप–२६) मा नेट जिरो कार्बन अर्थात् शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि गरेको प्रतिबद्धताका लागि साधन स्रोतको परिचालनमा उक्त फोरम कोशेढुंगा सावित हुने बोर्डले अपेक्षा गरेको छ । कार्यक्रमको उद्देश्य हासिल गर्ने पक्षलाई विचार गर्दै लगानीकर्ता÷निजी क्षेत्र, नीति निर्माता, विकास साझेदार, बैंक तथा वित्तीय संस्था, विज्ञ÷विशेषज्ञ, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तित्वहरू, विकास एवम् पूर्वाधार क्षेत्रका विज्ञहरूको सहभागितालाई जोड दिइएको छ ।

प्रधानमन्त्री एवम् बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट हुने कार्यक्रमको उद्घाटनपछि सार्वजनिक–निजी साझेदारी (पिपिपी) परियोजना बैंक, परियोजना विकासका सम्बन्धमा गरिने समझदारीपत्र तथा सम्झौता, परियोजना विकासका अवधारणा, सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाहरूका बारेमा विज्ञहरू बीचमा सैद्धान्तिक बहस हुने जनाइएको छ ।

रणनीतिक योजना तथा लगानी कर्ताका लागि व्यवसायिक निर्देशिका (विजनेस गाइड) सार्वजनिक गरी गत वर्ष बोर्डले दशौं वार्षिकोत्सवको कार्यक्रम आयोजना गरेको र उक्त रणनीतिक योजना कार्यान्वयनका चरणमा रहेको सन्दर्भमा यस कार्यक्रमले उक्त रणनीतिक योजनाको उद्देश्य हासिल गर्न समेत सार्थक हुने अपेक्षा गरिएको छ ।

उद्घाटन सत्रसहित परियोजना बैंक, नेटवर्किङ एवम् स्टलसम्बन्धी जानकारी कार्यक्रममा गराइने बोर्डले जनाएको छ । यस्तै, नेपालमा जलवायु वित्तको गति, नेपालको ऊर्जामा लगानी तथा नेपालमा दिगो पूर्वाधार विकासका लागि व्यावसायिक वातावरण जस्ता सत्रहरू सञ्चालन हुने पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit