images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठमाडौं उपत्यकाको महाराजगन्ज र रत्नपार्क क्षेत्रमा स्मार्ट विद्युत मिटर जडान कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणको महाराजगन्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका ग्राहकको घरमा स्मार्ट विद्युत मिटर जडानको काम पूरा हुन लागेको हो ।

अहिलेसम्ममा करिब ९२ हजार ग्राहकको घरमा स्मार्ट विद्युत मिटर जडान कार्य सम्पन्न भइसकेको आयोजना प्रमुख रबिन्द्र श्रेष्ठले बताए । उनका अनुसार महाराजगन्ज वितरण केन्द्र अन्तर्गतका ग्राहकको घरमा स्मार्ट मिटर जडान गर्न कार्य सकिएको छ ।

‘स्मार्ट मिटर जडान कार्य अब सकिने चरणमा पुग्न लागेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘रत्नपार्कका केही स्थानका लागि स्मार्ट मिटर अभावले काम केही सुस्त बनेको छ । अरु स्थानमा केही छुटपुटबाहेक सबै ग्राहकको घरमा स्मार्ट मिटर राखिसकेका छौं ।’ उनले पहिले छुटेका ग्राहकको घरमा अहिले स्माट मिटर लगेर जडान गरिरहेको बताए ।

उनले अब थपिने नयाँ ग्राहकका लागि पनि ५ हजार स्मार्ट मिटर छुट्याएको जानकारी दिए । स्मार्ट मिटर जडान भएसँगै रत्नपार्क र महाराजगन्ज क्षेत्रमा खटिने ५० भन्दा बढी मिटर रिडरको संख्या कटौती भई आर्थिक भार कम हुने प्राधिकरणले जनाएको छ ।

स्मार्ट विद्युत मिटर जडान कार्य यसअघि नै सम्पन्न भइसक्नु पर्ने भएता पनि कोरोना (कोभिड–१९) महामारी तथा विविध कारणले लक्ष्यभन्दा ढिलो गरी सम्पन्न हुन लागेको हो । प्राधिकरणले यी दुई वितरण केन्द्र अन्तर्गत ग्राहकको घरमा ९८ हजार स्मार्ट मिटर जडान गर्दैछ । स्मार्ट विद्युत मिटर जडान भएका घरमा प्राधिकरणले एमएमएसमार्फत खपत भएको विद्युत महसुलको बिल पठाउने गरेको छ ।

विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयको स्मार्ट मिटररिङ आयोजना अन्तर्गत सञ्चालित स्मार्ट विद्युत मिटर जडान कार्य सम्पन्न गर्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यो आयोजनाका लागि एसियाली विकास बैंक (एडिबी) ले ऋण लगानी गरेको छ ।

आयोजना अन्तर्गत दोस्रो चरणमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सबै वितरण केन्द्रका ग्राहकको घरमा स्मार्ट विद्युत मिटर जडान गर्ने विद्युत प्राधिकरणको योजना छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit