विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाली आकाशमा सानो १८ सिटे जहाजबाट उडान भरेको बुद्ध एयर आज २६ वर्ष पूरा गरी २७औं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा यस एयरबाट २ करोडभन्दा बढी स्वदेशी तथा विदेशी यात्रुहरूले सेवा प्राप्त गरिसकेका छन् ।

बुद्ध एयर निजीतर्फकै अगुवा एयरलाइन्स कम्पनी हो । हाल बुद्ध एयरसँग ३ वटा एटीआर–४२ तथा १३ वटा एटीआर–७२ जहाज रहेका छन् । एटीआर जहाज यात्रुमैत्री हुनुका साथै वातावरणमैत्री जहाज पनि हुन् ।

बुध्द एयरले अक्टोबर महिनाभित्रै थप अर्को एटीआर जहाज भित्र्याउने तयारी गरेको छ । यो सँगै बुद्ध एयरको जहाज संख्या १७ वटा पुग्नेछ । जहाज मर्मतसम्भारका लागि बुध्द एयरसँग अत्याधुनिक ह्याङ्गर रहेको छ, जुन दक्षिणपूर्वी एसियाकै उत्कृष्टमध्ये एक हो । यो ह्याङ्गर विदेशबाट पनि पुरस्कृत भइसकेको छ ।

बुद्ध एयरले आफ्ना जहाज मात्रै मर्मतसम्भार नगरी स्वदेशी तथा विदेशी कम्पनीहरूई पनि सेवा दिइरहेको छ । वातावरणमैत्री जहाजका साथै हवाई कम्पनीमा कार्यरत टेक्निकल, पाइलट तथा ग्राउन्ड अपरेसन टिमका आफ्ना जनशक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमनकारी निकायको आवश्यकता अनुसार निरन्तर क्षमता अभिवृद्धि गरिरहेको बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताए । 

‘बुद्ध एयरको उडान सेवालाई प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट नियमित अडिट एवम् मूल्याङ्कन गराउँदै आएका छौं’ उनले भने, यस एयरले ‘यात्रुको समय हाम्रो उडान’ भन्ने मन्त्रका साथ विभिन्न गन्तव्यमा उडान संख्या अभिवृद्धि गरेको छ । पोखराका लागि दैनिक १७, विराटनगर तथा भैरहवाका लागि क्रमशः ९ र १० उडान भरिरहेको छ । यसबाहेकका गन्तव्यहरुमा पनि आधा दर्जनभन्दा बढी उडान रहेको छ ।’

सुर्खेत, तुम्लिङटार तथा धनगढीमा पनि विस्तारै उडान सख्या थप्ने जनाएको छ । बुद्ध एयरले २६औं वार्षिकोत्सवको उपलक्ष्यमा सबै यात्रु, पर्यटन मन्त्रालय, नागरिक उड्यन प्राधिकरण, नेपाल आयल निगम, विभिन्न वित्तीय निकाय, ट्राभल एजेन्सी÷पोर्टल तथा आफ्ना सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक कृतज्ञता प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit