विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बाराही हाइड्रो पावर पब्लिक लिमिटेडको २५ लाख कित्ता सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि कात्तिक ४ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साझ ५ बजेबाट सकिन लागेको हो । 

सय रुपैयाँ अंकित २ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बाग्लुङ जिल्लाको जैमनी नगरपालिका वडा नम्बर १,४ र ५ साविक कुम्मीशेरा, सर्कुवा र विनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीय बासिन्दाहरुको लागि सेयर निष्कासन गरिएको हो । 

स्थानीयले न्यूनत्तम १० कित्ता देखि अधित्तम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले एनएबि बैंक र ग्लोबल आईएई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यलयबाट आवेदन दिन सक्नेछन् । 

कम्पनीले स्थानीयको सेयर निष्कासन गरेको सेयर बाँडफाँड गरेसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको ४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा यसअघि नै एनआइबिएल एस क्यापिटल लिमिटेड नियुक्त गरिएको छ ।

कम्पनीको बाग्लुङको कुश्मिसेरमा ४.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना सञ्चालनमा छन् । २०७५ असार २४ गतेदेखि विद्युत उत्पादन भइरहेको आयोजनाको विद्युत् ७.५ किलोमिटर दूरीमा रहेको ३३ केभी कुस्मा सबस्टेसनमा जोडिएको छ । प्राधिकरणले उत्पादित विद्युतको हिउँदमा प्रतियुनिट ७.४२ रुपैयाँ र बर्खामा ४.२४ रुपैयाँ तिरिरहेको छ भने वार्षिक ऊर्जा औसत ८.२१७ गिगावाट घन्टा उत्पादन भइरहेको छ

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit