विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) को अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त भएका छन् । नबिल बैंक लिमिटेडको अध्यक्षसमेत रहेका पौड्याललाई परिसंघको १५औं बैठकले अध्यक्षमा चयन गरेको हो ।

निवर्तमान अध्यक्ष पवन गोल्यानको राजीनामासँगै रिक्त हुन आएको उक्त पदमा पौड्याल चयन भएका हुन् ।एनएमबी बैंकको सञ्चालकबाट अलग हुन थालेको भन्दै निवर्तमान अध्यक्ष गोल्यानले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । संस्थाको विधानको भावना र मर्मलाई आत्मसाथ गर्दै पदीय आचरण र नैतिकताका आधारमा गोल्यानले अध्यक्ष पदबाट राजीनामा दिएको बताइएको छ ।

निवर्तमान अध्यक्ष गोल्यानकै विशेष अगुवाईमा वि.सं. २०७६ मा सीबीफिन स्थापना भएको थियो । गोल्यान यो संस्थाका संस्थापक अध्यक्ष हुन् । अध्यक्ष पौड्याल भने विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन् ।

सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौड्यालले एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्माहालिसकेका छन् । एनएमबी बैंकबाट बाहिरिएसँगै उनी नबिल बैंकको सञ्चालक बनेका थिए ।

बैंकिङसहित राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका विविध क्षेत्रमा उनले हासिल गरेको लामो अनुभव, बृहत्तर ज्ञान, अनुभव तथा दुरदर्शी नेतृत्व क्षमताबाट सीबीफीनले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit