विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २०७८ सालको असार र साउन महिनामा नेपाल विद्युत प्राधिकरणका ५० कर्मचारीले अनिवार्य अवकास पाउने भएका छन् । उमेर हद तथा सेवा अवधि पुगेका र शैक्षिक प्रमाणपत्रका आधारमा १ देखि ९ तहसम्मका कर्मचारीले अबको ६ महिनामा सेवाबा अवकास पाउन लागेका हुन् ।

प्राधिकरणले सेवाबाट अवकास पाउने उप–निर्देशकदेखि जुनियर हेल्परसम्मको नाम सार्वजनिक गरेको छ । प्राधिकरणका अनुसार असार महिनामा २४ कर्मचारीले अवकास पाउँदै छन् । साउन महिनामा अवकास पाउने २६ जना कर्मचारी छन् । 

सेवाबाट अनिवार्य अवकास पाउनेमा तनहुँ हाइड्रो पावर कम्पनी लिमिटेडमा कार्यरत ९ तहका खुशमणी ढकाल छन् । ढकालले उमेद हदका आधारमा साउन ४ गते सेवाबाट अवकास पाउँदै छन् ।

७ तहका समशेर बहादुर न्हुच्छेप्रधान, रामानन्द सिंह, श्रवन कुमार अर्यात, प्रद्युम्ननाथ शुक्ल, मनोज कुमार मिश्र र नारायण प्रसाद कर्ण पनि सेवा निवृत्त हुँदैछन् । समशेर, रामानन्द र श्रवनकुमारले क्रमशः असार ४, १९ र १६ गते अवकास पाउने प्राधिकरणले जनाएको छ ।

यस्तै, प्रद्युम्ननाथ र नारायणले साउन २१ गते तथा मनोज कुमारले साउन ३ गते अवकास पाउने भएका छन् । ६ तहका माधव प्रसाद तिमिल्सिना, खेम प्रसाद सिवाकोटी असार महिनामा अवकास हुँदै छन् । ६ तहकै बम बहादुर थापा क्षेत्री, पूर्णकुमार लामा, ऋषिकेश उपाध्याय, भानुझक्तप्रसाद खतिवडा र शिवप्रसाद पोखरेलले साउन महिनामा अवकास पाउने भएका छन् ।

५ तहका ७, ४ तहका १०, ३ तहका ५, २ तहका ९ र १ तहका ५ जना कर्मचारीले पनि असार र साउन महिनाभित्र अनिवार्य अवकास पाउने प्राधिकरणले जनाएको छ । प्राधिकरणले ६ महिनापछि अवकास हुने कर्मचारीको नामावली पहिले नै सार्वजनिक गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit