विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भाेजपुरमा निर्माण हुने साढे १४ मेगावाटकाे माथिल्लाे इर्खुवा खाेला जलविद्युत आयोजनामा कूल लागतकाे ७० प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाबाट जुटाइने भएकाे छ । प्रवर्द्धक आरती पावर कम्पनीले स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट लगानी जुटाएर आयोजना अघि बढाउन लागेकाे हाे ।

आयोजना निर्माण गर्न कूल २ अर्ब ६० कराेड रुपैयाँ लागत अनुमान गरिएकाे छ । जसमा ७० प्रतिशत हुन आउने १ अर्ब ८२ कराेड रुपैयाँ ऋण लगानी बैंक तथा वित्तीय संस्थाबाट जुटाइने कम्पनीले जनाएकाे छ ।

सञ्चालक समितिको बैंठकले गरेको ऋण लगानीकाे प्रस्ताव अब हुने कम्पनीकाे चौथो र पाँचौं वार्षिक साधारणसभाबाट पारित गरेर बैंक तथा वित्तीय संस्थाकाे ऋण लगानी जुटाउन आवश्यक प्रक्रियाकाे थालनी गरिने जानकारी कम्पनीले दिएकाे छ । कम्पनीकाे साधारणसभा आगामी जेठ २७ गते काठमाडौंको हार्दिक होटलमा हुनेछ ।

७८ कराेड रुपैयाँ स्वपुँजी लगानी हुनेछ । बैशाखभित्र बैंक तथा वित्तीय संस्थासँग ऋण लगानी सम्झाैतामा हस्ताक्षर गर्ने कम्पनीकाे तयारी छ ।कम्पनीले आयाेजना अघि बढाउन नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गरिसकेकाे छ । कम्पनीले २०७७ जेठ २३ गते विद्युत विकास विभागबाट आयाेजनाकाे उत्पादन अनुमतिपत्र पनि लिइसकेकाे छ ।

बैंक तथा वित्तीय संस्थाकाे लगानी जुटिसकेपछि २०७८ मंसिरदेखि आयाेजनाकाे संरचना निर्माणकाे काम सुरु हुनेछ । संरचना निर्माणकाे काम सुरु गर्नुअघि पहुँच सडक, आवासगृह निर्माण लगायतका काम सम्पन्न गरिनेछ । 

आयाेजनाबाट २०८० सालभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । आयाेजनाले उत्पादन गर्ने विद्युत सीतलपाटी सबस्टेसनमा लगेर जाेडिनेछ । याे आयाेजना सम्पन्न भएपछि वार्षिक ९० गिगावाट घन्टा विद्युत उत्पादन हुने कम्पनीले जनाएकाे छ ।

सुरुमा याे आयाेजनाकाे क्षमता ९.८ मेगावाट थियाे । पछि क्षमता विस्तार गरेर साढे १४ मेगावाट बनाइएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit