विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले युवा जलविद्युत् उद्यमी सुशील पोखरेललाई प्रवल जनसेवा श्री (चतुर्थ) पदक प्रदान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (चैत २७ गते) उक्त सम्मान प्रदान गरेकी हुन् ।

युवा उमेरमै व्यवसायमा लागेर ऊर्जा तथा जलविद्युत् र प्रविधिको क्षेत्रमा समेत योगदान पुर्याएको भन्दै उक्त सम्मान प्रदान गरिएको छ । उनले अन्य समूह तथा व्यक्तिसँगको सहकार्यमा म्याग्दी खोला कोरिडोरमा ५७.३ मेगावाटको म्याग्दी खोला, २० मेगावाटको कुनबाङ खोला र १२.५ मेगावाटको म्याग्दी खोला ‘बी’ प्रवर्द्धन गरिरहेका छन् ।

उनको अग्रसरतामा स्थापित सुस्मित इनर्जी प्रालिले ३२.५ मेगावाट (म्याग्दी खोला ‘बी’ र कुनबाङ खोला) का आयोजना अगाडि बढाइरहेको छ । यस्तै, हाइड्रो भिलेज प्रालिले म्याग्दी खोलाको निर्माण प्रक्रिया अगाडि बढाएको छ । यही आयोजनामा वैदेशिक लगानी भित्र्याउन पोखरेलले पहल गरिरहेका छन् ।

आयोजनामा मलेसियन लगानी भित्र्याउने योजना अनुसार हाइड्रो भिलेज र मलेसियाको सेर्बा दिनामिक होल्डिङ बेरहदको सहायक कम्पनी सेर्बा दिनामिक इन्टरनेशनल लिमिटेडबीच आयोजना निर्माण तथा सञ्चालन गर्नेबारे समझदारी समेत भएको छ ।

करिब १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको यसअघि नै नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) भइसकेको छ । वार्षिक ३३४ गिगावाट घनटा ऊर्जा उत्पादन हुने आयोजनाको विद्युत् विद्युत्गृहदेखि १७ किलोमिटर टाढा प्राधिकरणको डाँडाखेत सबस्ेटसनमा जोडिन्छ ।

सुस्मित ग्रुपका अध्यक्ष पोखरेल सन् २०१६ मा आयोजित आइसिटी अवार्डका जुरी संयोजक पनि थिए । पछिल्लो समय उनी जलविद्युत् क्षेत्रमा विदेशी लगानी भित्र्याउने तथा रोजगारी सिर्जना गर्ने अभियानमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit