विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पूर्वराज्य मन्त्री उमेश श्रेष्ठले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) मा व्यापक सुधारको खाँचो देखिएको बताएका छन् । आज (सोमबार) अध्यक्षका प्रत्यासी गणेश कार्की समूहको उम्मेदवारी घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

जलविद्युत विकासमा दर्जनौं समस्याहरू छन्, तिनको समाधान गर्न यो क्षेत्रका व्यवसायीहरू एक जुट भएर अगाडि बढ्नुपर्नेमा विभाजित अवस्था देखिएको बताए । ‘इपानको विद्यमान विधानले सक्षम व्यक्तिलाई सिधै कार्यसमितिमा आउन रोकेको देखिन्छ, यस्तो नियमले व्यवसायीहरूबीचको एकतालाई बलियो बनाउँदैन,’ उनले भने, ‘आजको प्रविधिको युगमा जो व्यक्ति सक्षम वा ‘स्मार्ट’ छ, उसैले संस्था हाँक्ने हो ।’

कुनै योग्य व्यक्ति अध्यक्ष हुन चाह्यो भने उसले संस्थाभित्र प्रवेश गरेर ९ वर्ष पर्खिनुपर्ने नियम कसैलाई मान्य नहुने श्रेष्ठको भनाइ थियो । ९–१० वर्ष पर्खेर क्षमतावान व्यक्ति नेतृत्वमा आउन तयार नहुने हुँदा अविलम्ब विधान संशोधन हुनुपर्ने उनको सुझाव थियो ।

उम्मेदवारी घोषणा गर्दै कार्कीले भनेः इपान सबैको हो, विभाजन भएर नजाऊँ

यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले अबका दिनमा इपान देशकै बलियो संस्था हुनुपर्नेमा त्यस्तो अवस्था नदेखिएको बताए । ‘हाम्रा समस्याहरू दर्जनौं छन्, तिनको समाधान गर्न एक जुट बनेर जानुको विकल्प छैन, विधानअनुसार नै मिलेर जानु जरुरी छ,’ उनले भने, ‘आजसम्म समस्या समाधानका विषयमा इपानले उल्लेख्य भूमिका खेलेको देखिँदैन ।’

‘इपान भन्ने वित्तिकै हरेकको दिमागमा ऊर्जा सम्मेलनको छाप परेको हुन्छ तर सम्मेलनपछि इपान कहाँ हुन्छ कसैलाई थाहा हुँदैन,’ उनले थपे, ‘यस्ता गतिविधिले जलविद्युत क्षेत्रको दिगो विकास हुन सक्दैन ।’ असन्तुष्ट पक्षले पनि मुद्दामामिला र विरोध गर्दैमा समस्या समाधान नहुने उनको भनाइ थियो ।

कार्यक्रममा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले ऊर्जा उत्पादनबाटै देशको आर्थिक समृद्धि हुने हुँदा यसमा सबैको एकीकृत प्रयास जरुरी रहेको बताए । ‘आज निजी क्षेत्रले ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्न सक्ने क्षमता विकास गरिसक्यो,’ उनले भने, ‘यो क्षेत्र यति व्यापक भइसक्यो, हामी आफू–आफूमा विरोधीको रूपमा उभिनु भएन ।’ यसैले, अब इपानको नयाँ कार्यसमिति चयन गर्न पनि सहमति गरेरै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

संस्थापन पक्षलाई सिन्डिकेट तोडिएला कि भन्ने ठूलो भय छ: अध्यक्षका प्रत्यासी मल्ल

आज ऊर्जा उद्योग १२ खर्ब रुपैयाँ बराबरको भइसकेको हुँदा यसको संरक्षण गर्न पनि ऊर्जा व्यवसायीहरू एक हुनुपर्ने अध्यक्ष प्रत्यासी कार्कीले बताए । ‘चालू आर्थिक वर्षभित्रै विद्युत जडित क्षमता ३००० मेगावाट पुग्दैछ, गत वर्षदेखि बर्खामा निजी क्षेत्रका जलविद्युतगृहको विद्युत खेर जान सुरु भइसक्यो,’ उनले भने, ‘यसका लागि हामीले बजार खोज्न जरुरी छ, बजार विस्तारका लागि पनि ऊर्जा व्यवसायीहरू संगठित हुनुको विकल्प छैन ।’

ऊर्जा उत्पादकहरूको चुनावी दौड; मल्ल र कार्कीका आ–आफ्ना घोषणा तर नामावलीमा दोहोरोपन

चुनावलाई लक्षित गर्दै इपानका निवर्तमान अध्यक्ष शैलेन्द्र गुरागाईंले सकेसम्म सहमतिमा पदाधिकारी चयनको वातावरण बनिरहेको बताए । चुनाव हुने परिस्थितिमा पनि मैत्रिपूर्ण प्रतिस्पर्धा गरेर जानुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit