विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बैशाखयता एक दर्जन बढी प्रसारण लाइन आयोजनाले अध्ययन अनुमति पाएको छन् । विभागले ४०० केभी देखि ३३ केभी क्षमताका १८ प्रसारण लाइन आयोजनालाई अध्ययन अनुमतिपत्र दिएको हो । 

निर्माण सम्पन्न भएका, निर्माणधीन र निर्माणमा जाने जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने उदेश्यले सरकार तथा निजी क्षेत्रले प्रसारण लाइन आयोजना निर्माण गर्न अध्ययन अनुमति दिएको विभागले जनाएको छ ।  विभागका अनुसार अध्ययन अनुमतिपत्र जारी भएका प्रसारण लाइनको क्षमता ४०० केभी, २२० केभी, १३२ केभी र ३३ केभीका प्रसारण लाइन हुन् ।

अध्ययन अनुमति पाएकामध्ये ४०० केभी क्षमताका १, २२० केभी क्षमताका ३, १३२ केभी क्षमताका ८ र ३३ केभी क्षमताका ६ वटा प्रसारण लाइन आयोजनाले अध्ययन अनुमति पाएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

अनुमति पाएकामध्ये ४०० केभीको इनरुवा–अनारमनी प्रसारण लाइनले जेठ ६ गते अध्ययन अनुमति पाएको छ । यो प्रसारण लाइनको अध्ययन अनुमतिका लागि नेपाल विद्युत प्राधिकरणले आवेदन दिएको थियो । 

यस्तै, २२० केभीका क्षमताका गल्छी–रातमाटे प्रसारण लाइनले जेठ १७ गते, ठुलो खोला प्रसारण लाइनले आसार ७ गते र इसुवा खोलाले साउन ३ गते अध्ययन अनुमति पाएको विभागले जनाएको छ । 

अध्ययन अनुमति पाएका प्रसारण लाइनमध्ये सबै भन्दा धेरै  १३२ केभी क्षमता प्रसारण लाइन रहेको छ । प्रसउनी–बिरगञ्ज, सेती नदी, लिपिङ खोला, लाङटाङ खाेला स्वीचार्टदेखि–चिलिमे हब, अप्पर ईखुवा, ठिमी–बालकुमारी, तल्लो मोदी–नयाँ मोदी र खिम्ती प्रसारण लाइनले अध्ययन अनुमति पाएका छन् । 

यस्तै, ३३ केभी क्षमताका  यम्ल्बिङ प्रसारण लाइन, माथिल्लो ठुलो खोला ए, धरमनगर सोलार फार्म, सोनाह सोलार, तल्लो इर्खुवा–र्चिखुवा प्रसारण लाइनले निर्माण गर्न अध्ययन अनुमति पाएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit