विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २८, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभरका सबै विद्युत महसुल काउन्टर ५ दिनका लागि बन्द गर्ने भएकाे छ । प्राधिकरणले समायाेजन भएकाे विद्युत महसुलकाे बिलिङ प्रणाली मिलाउन महसुल संकलन हुने काउन्टरहरू बन्द गर्न लागेकाे हाे ।

परिवर्तित नयाँ विद्युत महसुल दरकाे एम–पावर बिलिङ प्रणाली लागु गर्न त्यसकाे अद्यावधिक गर्नु पर्ने हुँदा काउन्टरबाट दिइने सेवा अवरूद्ध हुने प्राधिकरणले जनाएकाे छ । प्राधिकरणका अनुसार विद्युत महसुल काउन्टरहरू पुस १ देखि ५ गतेसम्म बन्द हुनेछन् ।

एम–पावर बिलिङ प्रणाली लागु गर्न तथ्यांककाे अद्यावधिक गर्ने कार्य पूरा भएपछि ५ गतेदेखि सबै वितरण केन्द्रका महसुल काउन्टरहरूबाट नियमित सेवा सुचारु हुने प्राधिकरणले जनाएकाे छ । विद्युत नियमन आयोगकाे गत कात्तिक ८ गते विद्युतकाे महसुल दर समायाेजन गरेकाे थियाे । आयोगले सबै वर्गका ग्राहकले लाभ पाउने गरी विद्युत महसुल समायाेजन गरेकाे थियाे ।

समायाेजित महसुल दर मंसिर महिनाबाट लागु भएकाे छ । प्राधिकरणले पुस महिनामा ग्राहकलाई समायाेजन भएकाे दर अनुसार खपत भएकाे विद्युत महसुलकाे बिल दिनेछ ।

प्राधिकरणका वितरण केन्द्रहरूले निषेधाज्ञा खुलेपछि विद्युत महसुल संकलन कार्यलाई तीव्र पारेका थिए । महसुल तिर्न अटेरी गर्ने ग्राहकको लाइन काटेर असुल्ने कार्य पनि भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit