विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखाको उत्तरी क्षेत्र तामाकोसीको सहायक लाप्चे खोलामा निर्माण हुने १ सय ६० मेगावाटको लाप्चे खोला अर्धजलाशय जलविद्युत् आयोजना निर्माण गर्न लगानी व्यवस्थापन भएको छ । नेपाल बैंक लिमिटेडको अगुवाईमा ४ सरकारी र ५ निजी बैंकले लगानी गर्ने टुंगो लागेको छ ।

व्यापारिक घराना एमभी दुगड समूहको मुख्य लगानी रहेको नासा हाइड्रो पावर प्रालिले निर्माण गर्ने आयोजनामा मंगलबार (पुस ७ गते) लगानी सम्बन्धी सम्झौता भएको हो । २६ अर्ब २० करोड लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ ।

लगानी सम्झौतामा कम्पनीका अध्यक्ष मोतिलाल दुगड र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् । आयोजनामा लगानी हुने १९ अर्ब ६५ करोड रुपैयाँ ऋण मध्ये ५१ प्रतिशत सरकारी बैंक तथा संस्थाहरूको रहने कम्पनीका अध्यक्ष दुगडले जानकारी दिए ।

कम्पनीका अनुसार नेपाल बैंकले ५ अर्ब, राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषले २÷२ अर्ब र कृषि विकास बैंकले १ अर्ब लगानी गर्नेछन् । यस्तै, निजी बैंकहरू नेपाल इन्भेष्टमेन्ट बैंकले ३.५० अर्ब, हिमालयन बैंकले २ अर्ब, नेपाल एसबिआई र बैंक अफ काठमान्डूले १÷१ अर्ब र लक्ष्मी बैंकले १ अर्ब ८८ करोड २५ लाख रुपैयाँ लगानी गर्नेछन् ।

यो नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पिपिए) गरेको पहिलो अर्धजलाशय आयोजना पनि हो । विद्युत्को उच्च माग हुँदा दैनिक ६ घन्टासम्म पानी सञ्चय गरेर विद्युत् उत्पादन गर्न सकिने अध्यक्ष दुगडले बताए । हाल अध्ययन पूरा भई निर्माणको तयारीमा रहेको आयोजनाबाट २०७९ साउनसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit