विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एनएमबि बैंक र ट्रेकिङ एसोसिएशन अफ नेपाल (टान) बीच डिजीटल सेवाहरूलाई प्राथमिकता दिनको लागी समझदारी भएको छ । सम्झौता असार ९ गते भएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख ब्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानका तर्फबाट अध्यक्ष खुब बहादुर सुबेदीले हस्ताक्षर गरे । 
सम्झौता अनुसार टानका सदस्यहरूले बैकको डिजीटल सेवाहरू सजीलै उपभोग गर्न सक्नेछन् ।

बैंकले डिजीटल सेवाहरू वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरू प्राथमिकताको साथ प्रवाह गर्दै आईरहेको छ । यी सेवाहरूले गर्दा टानका सदस्यहरू लाई ब्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको छ ।

बैंकले ग्राहकहरूलाई डिजिटल कारोवारहरूको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरू सञ्चालन गर्दै आएको छ । बैंक ‘दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो ।

बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।  बैंकले हाल देशभरी २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit