विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

कुनै पनि संगठनमा जनशक्तिको प्राप्ति‚विकास‚उपयोग र सम्भार लगायतका समग्र कार्यको एकिकृतरूपलाई मानव संसाधन व्यवस्थापन भनिन्छ । मानव संसाधन व्यवस्थापन अन्तर्गत कर्मचारी भर्ती गर्नु पूर्वदेखि सेवा निवृत्तिपछिसम्मका कृयाकलाप संलग्न रहने गर्दछन् । संगठनको आर्थिक, प्राविधिक एवं बजारलगायत अमुर्त साधनलाई चलायमान गराउने महत्वपूर्णमाध्यमकोरूपमा रहने मानव संसाधन संगठनको एक महत्वपूर्ण अवयवकोरूपमा रहने गर्दछ । 

परम्परागत अवधारणामा संगठनमा कार्यरत जनशक्तिलाई कर्मचारीकोरूपमा अर्थात एक व्यक्तिकोरूपमा परिभाषित गरिए पनि आधुनिक अवधारणामा जनशक्तिलाई संगठनको महत्वपूर्ण सम्पत्तिकोरूपमा स्वीकार गरी मानव संसाधनकोरूपमा परिभाषित गरिएकाे छ ।
      
नेपाल विद्दुत प्राधिकरणमा मानव संसाधन व्यवस्थापनलाई मार्गनिर्देशन गर्ने प्रयोजनका लागि कर्मचारी सेवा शर्त विनीयमावली‚ २०७५ ले कानुनी आधारकोरूपमा काम गरेको छ भने प्रशासन निर्देशनालय र सो अन्तर्गतका विभाग तथा महाशाखा र शाखाले संस्थागत संरचनाकोरूपमा काम गर्ने गरेका छन् । विद्युत प्राधिकरणमा आवश्यक जनशक्तिको प्राप्तीको  लागि रिक्त दरवन्दी एवं नयाँ सृजना भएका दरवन्दी संख्याको एकिन गरी प्रत्येक वर्ष विज्ञापन गर्ने गरिन्छ । लिखीत परिक्षा लोक सेवा आयोगले सन्चालन गर्ने गर्दछ  भने पदपुर्तिका अन्य कार्य प्रयोगात्मक परिक्षा‚अन्तर्वार्ता‚सिफारिस र पदस्थापना लगायतका  कार्य विद्दुत प्राधिकरणले गर्ने गर्दछ ।

मानव संसाधनको विकासः मानव संसाधनको विकासका लागि विद्दुत प्राधिकरणले शुरुमा नियुक्ति भएका कर्मचारीको लागि ‘इन्डक्सन ट्रेनिङ’को व्यवस्था गरेको छ । त्यसैगरी तालिम केन्द्रले प्रशासन र प्राविधिक दुवै सेवाका लागि विभिन्न सेवाकालिन तालिम सन्चालन गर्दै आएको छ । देश तथा विदेशका विभिन्न तालिममा प्राधिकरणका कर्मचारीहरु सहभागि हुने गर्दछन्।

विद्युत प्राधिकरणले प्रत्येक वर्ष १० जना कर्मचारीलाई स्वदेशमा छात्रवृतीको व्यवस्था गरी पुरा तलब सहितको अध्यन विदा दिने गर्दछ ।आफ्नै खर्चमा अध्यन गर्न चाहने कर्मचारीका लागि समेत अध्यन विदा दिन सक्ने व्यवस्था विद्युत प्राधिकरणले गरेको छ ।

मानव संसाधनको उपयोगः मानव संसाधनको उपयोगका लागि सुरु नियुक्ति पछि पदस्थापना गर्दा सिफारिसको योग्यताक्रम र निजले रोजेको प्राथमिकताक्रमको आधारमा पदस्थापना गर्ने व्यवस्था कर्मचारी सेवा शर्त विनियमावलीले गरेको  छ ।त्यसै गरी वढुवा भएका उम्मेदवारलाइ पदस्थापना गर्दा योग्यताक्रम र शैक्षिक योग्यता एवं तालिम‚पूर्व अनुभव र विशेषज्ञता समेतलाइ आधार लिने गरिन्छ । कार्यालयहरुमा जिम्मेवारी तोक्दा अनुभव‚विज्ञता‚कार्यसम्पादन मूल्यांकन लगायतका आधार लिने गरिन्छ । निश्चित अवधि पुरा भएपछि सरुवाको व्यवस्था पनि विद्दुत प्राधिकरणमा रहेको छ ।
 

मानव संसाधनको संभारः विद्युत प्राधिकरणले कर्मचारीलाई  सरकारले निर्धारण गरेको तलब स्केललाई  आधार मानेर तलब तथा अन्य सेवा सुविधा उपलव्ध गराउने गरेकाे छ । मानव संसाधनलाई  कामप्रति उत्प्रेरित गरी संगठनको उत्पादकत्व बढाउन ओभरटाइम भत्ता‚ शिफ्ट भत्ता‚ दुर्गम भत्ता‚ काउण्टर भत्ता ‚वीमा,‌ सन्चित विदा वापतको रकम‚ उपचार खर्च‚ कठिन कार्य भत्ता‚आवास सुविधा‚प्रोत्साहन भत्ता र पुरस्कार  लगायतका सेवा सुविधा विद्दुत प्राधिकरणले आफ्ना कर्मचारीलाइ उपलव्ध गराउने गर्दछ । सेवावाट अलग भएपश्चात कर्मचारीले निवृतिभरण‚ उपदान र अन्य रैरकम कर्मचारीले प्राप्त गर्ने गर्छन् । 

माथि उल्लेखित व्यवस्थाका बावजुद विद्दुत प्राधिकरणमा मानव संसाधन व्यवस्थापनको समग्र अवस्था त्यति सन्तोषजनक छैन । यसबारेमा बेला बेलामा कर्मचारीका असन्तुष्टीहरू बाहिर आउने गरेका छन् । आफ्नो हकहितका लागि धेरै पटक कर्मचारीहरू आन्दोलित पनि भएका छन् । यस्तो अवस्थामा व्यवस्थापन पक्षले समन्वय गरेर समस्या समाधान गर्ने गरेको छ ।

अब पविद्युत प्राधिकरणले कर्मचारीकाे पदस्थापना‚ सरुवा ‚बढुवा‚ तालिम‚ उपयुक्त समयमा उपयुक्त व्यक्ति उपयुक्त स्थानमा लगायत मानव संसाधन व्यवस्थापनका विविध पक्षलाई थप व्यवस्थित बनाउदै मानव संसाधन व्यवस्थापनलाई थप चुस्त दुरुष्त बनाउँदै लैजानु पर्छ । यसाे गरेमा मात्रै विद्युत प्राधिकरणकाे वित्तीय अवस्था सुधार गरी सफल संस्था बनाउन सकिन्छ ।

(लेखक केसी नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रमा कार्यरत
प्रशासकीय अधिकृत हुन् ।)

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit