विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले साढे २० हजार बढी ग्राहकको घरमा स्मार्ट विद्युत मिटर जडान गरेको छ । प्राधिकरणले महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रका ग्राहकको घरमा यी स्मार्ट मिटर जडान गरेको हो ।

अहिलेसम्म १९ हजार ८ सय ८९ वटा सिंगलफेज र ६ सय ५० वटा थ्रीफेज स्मार्ट मिटर जडान गरिएको आयोजना प्रमुख रोशन न्यौपानेले बताए । उनका अनुसार महाराजगन्ज वितरण केन्द्र अन्तर्गत १८ हजार ६ सय ८८ घरमा स्मार्ट मिटर जडान भइसकेका छन् ।  

‘महाराजगन्ज वितरण केन्द्रअन्गर्त पहिले काम सुरु भएकाले ती क्षेत्रमा धेरै मिटर जडान भएका छन्,’ उनले ऊर्जा खबरसँग भने, ‘रत्नपार्क वितरण केन्द्रअन्तर्गत पनि स्मार्ट मिटर जडान धमाधम भइरहेको छ ।’ उनले महाराजगन्ज अन्तर्गत १८ हजार १ सय १२ वटा सिंगल र ५ सय ७६ थ्रीफेज स्मार्ट मिटर जडान गरिएको छ ।

यस्तै, रत्नपार्कअन्तर्गत १८ सय ५१ स्मार्ट मिटर जडान गरिएको छ । जसमा १७ सय ७७ सिंगल फेज र ७४ वटा थ्रीफेज मिटर जडान भएको पनि न्यौपानेले बताए । उनले तिहारपछिबाट रत्नपार्क वितरण केन्द्रले स्मार्ट मिटर जडान कार्य सुरु गरेको बताए । 

कोरोना (कोभिड–१९) महामारीका कारण सुस्त बनेको जडान कार्यलाई तिहार सकिएपछि तीव्र पारेको प्राधिकरणको दाबी छ । स्मार्ट मिटर जडान भएका ग्राहकले एसएमएसमार्फत विद्युत महसुलको बिल पाउने गरेका छन् । स्माटै मिटर जडानपछि मिटर रिडर रिडिङ गर्न जान छाडेका छन् ।

प्राधिकरणको ‘काठमाडौं उपत्यका विद्युत मिटरिङ आयोजना’अन्तर्गत सिंगल तथा थ्रीफेज स्मार्ट मिटर जडान  सुरु गरिएको हो । आयोजना सम्पन्न गर्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यो आयोजनाका लागि एसियाली विकास बैंक (एडिबी) ले ऋण लगानी गरेको छ ।

रत्नपार्क र महाराजगन्जपछि दोस्रो चरणमा काठमाडौं, ललितपुर र भक्तपुरका सबै वितरण केन्द्रका ग्राहकको घरमा पनि स्मार्ट मिटर जडान गर्ने प्राधिकरणको योजना छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit