विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ५, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नदी खोलामा पानीको सतह कम हुँदै गएपछि आन्तरिक विद्युत उत्पादनमा कमी आएको छ । निजी क्षेत्र र नेपाल विद्युत प्राधिकरणले निर्माण गरेका अधिकांश जलविद्युतगृह नदीको प्रवाही भएकाले हिउँद लागेपछि विद्युत उत्पादन पनि क्रमशः घट्ने गएको हो ।

अहिले बर्खाको तुलनामा प्राधिकरण र निजी क्षेत्रका जलविद्युतगृहले जडित क्षमताभन्दा कम विद्युत उत्पादन गरिरहेको भार प्रेषण केन्द्र प्रमुख सुरेशबहादुर भट्टराईले बताए । उनका अनुसार विद्युत प्राधिकरणका जलविद्युतगृहबाट ४ सय ८६ मेगावाट विद्युत उत्पादन भइरहेको छ । 

‘प्राधिकरणको जडित क्षमता ६ सय ३० मेगावाट हो,’ उनले ऊर्जा खबरसँग भने, ‘हिउँदमा उत्पादन घटेको छ ।’ उनले निजी क्षेत्रका जलविद्युगृहको उत्पादन अझै घटेको बताए । 

निजी क्षेत्रका जलविद्युत आयोजनाको जडित क्षमता ७ सय मेगावाट भए पनि अहिले प्रणालीमा ३ सय ३४ मेगावाटको मात्रै योगदान रहेको उनले बताए । प्राधिकरणको कुलेखानी जलाशय र कालीगण्डकी ‘ए’, मध्य मस्र्याङ्दीलगायत केही जलविद्युतगृह अर्धजलाशय रहेकाले निजी क्षेत्रकोभन्दा बढी उत्पादन गरिरहेको पनि भट्टराईले बताए ।

आन्तरिक विद्युत उत्पादन घटेसँगै विद्युतमा भारतमाथिको परनिर्भरता बढेको छ । आन्तरिक उत्पादन घटेपछि माग र आपूर्ति व्यवस्थापन गर्न भारतबाट हुने आयातलाई बढाएको उनले बताए । 

‘बर्खामा भारतबाट न्युनतम ५० मेगावाटसम्म आयात हुन्थ्यो । अहिले हाम्रो उत्पादनले नधानेपछि ५ सय ४४ मेगावाट आयात गरिरहेका छौं’ उनले भने । जाडो सकिएर हिउँ पग्लिेर आन्तरिक उत्पादन बढ्न थालेपछि मात्रै आयात क्रमशः घट्दै जाने उनले बताए । 

हिउँदमा नदी प्रवाही जलविद्युतगृहले जडित क्षमताकाे ४० प्रतिशतमात्रै विद्युत उत्पादन गर्ने हुँदा भारतमाथिकाे परनिर्भरता अझै केही वर्ष रहने देखिन्छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit