विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बाणिज्य बैंकहरूले ऊर्जा क्षेत्रको विकासमा १ खर्ब ९४ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा ऊर्जा क्षेत्रको विकासमा बाणिज्य बैंकहरूबाट यति कर्जा प्रवाह भएको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष (२०७८/७९) को मौद्रिक नीतिमा बैंकहरूले कूल कर्जाको ६ प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गरिसकेको हो ।  मौद्रिक नीतिमा २०८१ साल असार मसान्तसम्ममा ऊर्जा क्षेत्रमा अहिले प्रवाह भइरहेको कर्जाको अनुपातलाई बढाएर न्युनतम १० प्रतिशतसम्म पुर्याउनु पर्ने उल्लेख गरिएको छ ।

गत आवमा ६ प्रतिशत रहेको कर्जा प्रवाहलाई चालू आवमा ७ प्रतिशत, आगामी आव (२०७९/८०) मा ९ प्रतिशत र आव २०८०/८१ मा १० प्रतिशत पुर्याउनु पर्ने सीमा मौद्रिक नीतिले तय गरेको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाले कृषि, ऊर्जा, लघु तथा घरेलु, साना एवं मसौला उद्योगमा कूल  कर्जाको १५ प्रतिशतको न्युनतम अनुपादनको विद्यमान व्यवस्थालाई मौद्रिक नीतिलाई निरन्तरता दिइएको छ ।

बैंक तथा वित्तीय संस्थाले १ अर्ब रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गर्दा अनिवार्यरुपमा सहवित्तीयकरणमा जानु पर्ने व्यवस्था रहेकोमा यो सीमालाई बढाएर २ अर्ब पुर्याइएको छ । यसले एउटा जलविद्युत आयोजनामा लगानी जुटाउन धेरै वटा बैंकसँग सहवित्तीयकरण गर्नुपर्ने बाध्यता केही हदसम्म कम हुनेछ । अब ठूला आयोजनामा लगानी कर्ता सहवित्तीयकरणमा जानु परे पनि साना आयोजनामा एउटै बैंकले आवश्यक सबै कर्जा प्रवाह गर्न सक्नेछ ।

यस्तै, मौद्रिक नीतिले यायायात व्यवसायीका लागि विद्युतीय सवारी साधन खरिद गर्न कायम गरिएको कर्जा धितो अनुपातको विद्यमान सीमालाई यथावत राखेको छ । विद्युतीय सवारी साधन चार्ज गर्न चार्जिङ स्टेसन निर्माणका लागि प्रवाह हुने कर्जामा पुनरकर्जा उपलब्ध हुने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ । 

ऊर्जा क्षेत्रमा लगानीको अनुभव हासिल गरेका बणिज्य तथा विकास बैंकहरूलाई ऊर्जा ऋणपत्र जारी गर्न सक्ने व्यवस्थाले पनि निरन्तरता पाएको छ । राष्ट्र बैंकका अनुसार ऊर्जा क्षेत्रको विकासमा दीर्घकालिन साधन परिचालन गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याइएको ऊर्जा ऋणपत्र सम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको हो । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit