विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठफोर्ड इन्टरनेसनल कलेजले दुई नयाँ शैक्षिक कार्यक्रम बिबिए प्लस र बिबिएम प्लस सुरु गरेको छ । ललितपुरको बालकुमारीमा अवस्थित कलेजले मंगलबार हिमालय होटेलमा विशेष कार्यक्रमको आयोजना गरी उक्त दुई शैक्षिक कार्यक्रमको शुभारम्भ गरेको हो ।  

दुई शैक्षिक कार्यक्रमको शुभारम्भका अवसरमा कलेजका तर्फबाट व्यवस्थापन विभागका प्रमुख रोशन थापाले दुवै शैक्षिक कार्यक्रमबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए । वर्तमान डिजिटल व्यवसायिक क्षेत्रका लागि विद्यार्थीलाई दक्ष जनशक्तिको रूपमा तयार पार्न यी दुई शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए । प्रविधिमूखी विश्वमा सफल हुन आवश्यक ज्ञानसीप प्रदान गर्ने उनले बताए । यी कार्यक्रमले परम्परागत व्यवसायिक सिद्धान्तलाई डिजिटल सीपसँग आबद्ध गराई स्नातक तह उत्तीर्ण मानवश्रोतलाई प्रविधिमय विश्व बजारमा प्रतिस्पिर्धी बनाउने उनको भनाइ छ ।

कार्यक्रममा व्यवस्थापन संकायको उक्त नयाँ तथा विशिष्ठ पाठ्यक्रम र यसले समावेश गरेका तथ्याङ्क विश्लेषण, क्लाउड प्रविधि, डिजिटल मार्केटिङ, वित्तिय विश्लेषण, परियोजना व्यवस्थापन जस्ता आधुनिक विषयबारे समेत जानकारी दिइएकाे थियाे ।  

कार्यक्रममा औद्योगिक विज्ञहरू मनोज ज्ञवाली र जगदीश खड्काले आफ्ना अनुभव प्रस्तुत गरेका थिए । त्यस्तै प्रोफेसर डाक्टर महानन्द चालीसेले दुवै शैक्षिक कार्यक्रमले प्राज्ञिक र औद्योगिक क्षेत्रको दूरी कम गर्न सहयोग गर्ने धारणा राखेका थिए । उनले यी विषयका पाठ्यक्रम विकास गर्न सफल भएकोमा काठफोर्ड ईन्जिनीयरीङ्ग कलेजलाई बधाई दिए ।  

कार्यक्रममा कलेजका अध्यक्ष सुमन कटवालले संस्थाको तर्फबाट विद्यार्थीलाई परिवर्तनशील व्यवसायिक र प्राविधिक क्षेत्रमा सफल हुन आवश्यक समय सापेक्ष शिक्षा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे । कलेजका प्रिन्सिपल डा. राजेन्द्र पोखरेलले उक्त शैक्षिक कार्यक्रममा सहभागी हुन विद्यार्थीलाई आग्रह गरे । 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्मा, त्रिभुवन विश्वविद्यालय कार्यकारी समिति सदस्य प्रोफेसर डा. महानन्द चालिसे, ई सेवाका सिइओ जगदीश खड्का, नेपाल बैंकका सहायक सिइओ मनोज ज्ञवाली र प्राज्ञिक र औद्योगिक क्षेत्रका व्यक्तित्व तथा विद्यार्थीको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit