विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हाइगर ब्राण्डका चिनियाँ विद्युतीय गाडीहरु नेपाल भित्र्याउन लागिएको छ । कमर्सियल गाडीहरूको बिक्री वितरणमा नेपालको स्थापित डिलर शशिला मोटर्स् प्रालिले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको हो । 

यसका लागि शशिला मोटर्सले शुक्रबार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । हाइगर बस कम्पनी लिमिटेडले विश्वका १३० भन्दा धेरै देशमा आफ्नो उपस्थिति जनाइसकेको छ । हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’ को उपाधि प्राप्त गर्न सफल बहुचर्चित तथा सुप्रसिद्ध ब्राण्ड हो । 

यो सम्झौतासँगै शशिला मोटर्स् प्रालि हाइगर भ्यानको नेपालका लागि एक मात्र आधिकारक बितरक बनेको छ । सुरुमा कम्पनीले १६ सिट क्षमताका विद्युतीय मिनि भ्यान र मिनिबस नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ । 

हाइगरका विद्युतीय गाडीहरु वातावरणमैत्री तथा ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने र मिनिबस रेञ्जहरूमा ग्राहकको पहिलो रोजाइ बन्न सफल हुने शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले विश्वास ब्यक्त गरे । 

यस्ता छन् हाइगर इभी भ्यानका प्रमुख विशेषता 

  • नेपालकै पहिलो १६ सिट क्षमताको इभी भ्यान । 
  • सिङ्गल चार्जमा २५० किमिको माइलेज दिने । 
  • ७० किलोवाट आवर ब्याट्री । 
  • कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक ।
  • कोलिजन अभोइडेन्स् सिस्टम, लेन डिपार्चर वार्निङ्ग तथा एअर ब्याग सिस्टमसहितको सुरक्षाका बिशेषतायुक्त (एअर ब्याग भएको नेपालको पहिलो इभी भ्यान) । 
  • १६ सिट क्षमताको इभीमा सहज यात्राका लागि आरामदायी सिट एवं पर्याप्त खुल्ला ठाँउ भएको । 
  • यात्रुको सुविधाका लागि एअर कण्डिसनसहित उत्कृष्ट आन्तरिक सजावट भएको ।
  •  नेपालको बाटो सुहाउँदो २०० एमएम उचाई ग्राउण्ड क्लियरेन्स भएको । 
  • ९० किलोवाट पावर र ३५० एनएम टर्कसहित उत्कृष्ट तान्ने क्षमता भएको । 
  • एलोइ हृवील र २१५ आर ७५ टायर साइज, १६ पिआरसहितको पहिलो इभी भ्यान जसले गाडीको रेञ्ज र स्ट्याबिलिटी बढाउँछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit