विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बाराही हाइड्रो पावर पब्लिक लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले बागलुङको कुश्मिशेरामा सञ्चालनमा रहेको १.५ मेगावाटको ठेउले खोला जलविद्युत केन्द्रको आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँ अंकित २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जिल्लाको जैमिनी नगरपालिकाको वडा नम्बर १, ४ र ५ साविक कुस्मीशेरा, सर्कुवा र विनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीयका बासिन्दाको लागि सेयर निष्कासन गर्न लागिएको हो ।

स्थानीयले छिटोमा कात्तिक १८ गतेसम्म र ढिलोमा मंसिर ४ गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले स्थानीयको सेयर निष्कासन गरी बाँडफाँड पूरा पछि दाेस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको ४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा यसअघि नै एनआइबिएल एस क्यापिटल लिमिटेड नियुक्त गरिएको छ ।

२०७५ असार २४ गतेदेखि विद्युत उत्पादन भइरहेको आयोजनाको विद्युत् ७.५ किलोमिटर दूरीमा रहेको ३३ केभी कुस्मा सबस्टेसनमा जोडिएको छ । प्राधिकरणले उत्पादित विद्युतको हिउँदमा प्रतियुनिट ७.४२ रुपैयाँ र बर्खामा ४.२४ रुपैयाँ तिरिरहेको छ भने वार्षिक ऊर्जा औसत ८.२१७ गिगावाट घन्टा उत्पादन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit