विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इष्टर्न हाइड्रो पावर कम्पनीले १२ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले भोजपुरमा सञ्चालित ५ मेगावाटको पिखुवा खोला जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित १२ करोड ४० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्न लागिएको कम्पनीका अध्यक्ष सुशन कर्माचार्यले बताइन् । उनका अनुसार सेयर निष्कासन अनुमतिका लागि गत शुक्रबार (२४ गते) नेपाल धितोपत्र बोर्डमा आवेदन दिइएको छ । बोर्डबाट अनुमति पाउने लगतै सेयर निष्कासन गरी बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।

निष्कासन हुने सेयरमध्ये ६ करोड २० लाख रुपैयाँ बराबरको ६ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका छुट्याइएको छ । बाँकी, ६ करोड २० लाख रुपैयाँ बराबरको ६ लाख २० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाले विद्युत उत्पादन गरिरहेको छ । भोजपुरमा सम्पन्न आयोजनाले २०७६ जेठ २७ गतेदेखि नियमीत विद्युत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit