विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका-७ मा निर्माण गरेको १३२/३३/११ केभी मोतीपुर सबस्टेसन सञ्चालनमा आएको छ । प्राधिकरणले १३२ केभी पूर्व–पश्चिम प्रसारण लाइनसँग जोड्न ८ वटा टावर निर्माण गरी विद्युत पुर्याएर सबस्टेसन सञ्चालनमा ल्याएको हो ।

सबस्टेसनमा जडान भएका ३० र १६ एमभिएका पावर ट्रान्सफर्मरलाई लोड दिएर सञ्चालनमा ल्याइएको छ । स्थानीय क्षेत्रमा विद्युत वितरण गर्न सबस्टेसबाट ३ वटा फिडर सञ्चालन गरिएको छ । एउटा फिडर जगेडा राखिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सबस्टेसनबाट कपिलवस्तुको जीतपुर तथा तौलिहवा र रुपन्देहीको सालझण्डी क्षेत्रमा विद्युत वितरण गर्न ३३ केभी र ११ केभी  फिडरहरू निकालिएको छ ।  यसअघि त्यस क्षेत्रमा कपिलवस्तुको चनौटाबाट आउने फिडरबाट विद्युत आपूर्ति हुँदै आएको थियो ।

लामो वितरण लाइनबाट विद्युत आपूर्ति हुँदा न्यून भोल्टेज, ट्रिपिङका कारण यस क्षेत्रमा झ्याप्प झ्याप्प बत्ती जाने समस्या थियो । मोतिपुर सबस्टेसन सञ्चालनमा आएसँगै यस क्षेत्रको विद्युत वितरण प्रणालीमा सुधार देखिएको छ । यसअघिका जथाभावी बत्ती काटिने, ट्रिपिङ हुने समस्या समाधान भएको छ ।

वितरण प्रणालीमा हुँदै आएको प्राविधिक चुहावटको समस्या पनि समाधान भएको छ । वितरण प्रणालीको गुणस्तरमा समेत सुधार भएको छ । बुर्तिवाङ–पाउदी अमराई-तम्घास–सन्धिखर्क गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर सबस्टेसन निर्माण गरिएको हो ।

यस्तै, सालझण्डीमा ३३/११ केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । सबस्टेसनको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति अझै गुणस्तरीय र भरपर्दो हुने प्राधिकरणको दाबी छ । 

आयोजनाअन्तर्गतकै अर्खाखाँचीको सन्धिखर्कमा  १३२/३३/११ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । सन्धिखर्क सबस्टेसनलाई आगामी १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । 

आयोजना अन्तर्गत प्रसारण लाइनको मोतीपुर–सन्धिखर्क खण्डमा पर्ने १०६ वटा टावरको निर्माण सम्पन्न भएको छ । यस खण्डमा पर्ने ३८ किलोमिटर प्रसारण लाइनमध्ये १३ किलोमिटर तार टाँगिएको छ । प्रसारण लाइनको निर्माण अगामी १५ पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य छ । 

कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङ जिल्लाको विद्युत आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि प्रसारण लाइन र सबस्टेसन आयोजना निर्माण गरिएको हो । 

आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन छन् । नेपाल सरकारको लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत करिब ३ अर्ब रुपैयाँ छ । आयोजनाको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit