विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले आफ्नो सेयरधनी सदस्यहरूका लागि अर्काे वर्ष राम्रो डिजिटमा लाभांशदिने प्रतिबद्धता जनाएकाे छ । शनिबार सम्पन्न सभामा कम्पनीका अध्यक्ष संजिव न्यौपानेले यस्तो बताएका हुन् ।

अध्यक्ष संजिव न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । आर्थिक वर्ष २०८०/८१ को लागि लेखा परीक्षकको नियुक्त गर्नुको साथै निजको पारिश्रमिक समेत निर्धारण गरिएको छ ।

हालसम्ममा कम्पनीको मातहतमा २१.३१ मेगावाटका ४ वटा आयोजनाहरू संचालनमा छन् । कम्पनीले धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा निर्माण गरिएको ५ मेगावाटको रैराङ जलविद्युत् आयोजनाले २०६१ सालदेखि विद्युत उत्पादन गरिरहेको छ ।  २.४ मेगावाटको रीडी खोला जलविद्युत आयोजनाले २०६६ सालदेखि विद्युत उत्पादन गरिरहेको छ । 

यसैगरी, पाँचथर र ताप्लेजुङ  जिल्लाको सीमा भएर बग्ने इवा खाेलामा तेस्रो आयोजनाकाे रूपमा निर्माण गरेकाे इवा खोला जलविद्युत् आयोजनाले २०७६ साल आश्विन २० गतेबाट व्यवसायिक उत्पादन सुरु गरेको हो । ८.५ मेगावाटको बुटवल ग्रिड जडित सौर्य विद्युत आयोजनाले पनि २०७७ कार्तिक १५ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

यसैगरी, कम्पनीको लगानी रहेको साझापावर डेभलपमेन्ट प्राइभेट लिमिटेडले अहिले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनामा कुमारी बैंकको मुख्यलगानी छ । यस आयोजनामा लगानीकर्तालाई संस्थापक सेयरमा लगानी गर्ने अवसर दिइरहेको पनि कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit