विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल  दाहालद्वारा जारी १६ बुँदे निर्देशन पालन गर्न सुरु गरेको छ । यसका लागि मन्त्रालयका प्रवक्ता एवं सह–सचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा ३ सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।  

प्रधानमन्त्री दाहालले गत पुस २५ गते मन्त्रालयको काम कारवाहीका बिषयमा छलफल गरी १६ बुँदे निर्देशन दिएका थिए । प्रधानमन्त्री दाहालको निर्देशनलाई प्रक्रियागत रूपमा कार्यान्वयन गर्न मन्त्रालयले अध्ययन समिति निर्माण गरेको हो । समितिलाई २१ दिनभित्रमा प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ । 

यसअघिका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको नेतृत्वले गरेको काम-कारबाहीका विषयमा तीव्र आलोचना भएकाे थियाे । पूर्वमन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रस्थानगर्नुअघि दिइने अभिमुखीकरण (तालिम) को शुल्क वृद्धि गरेका थिए ।

त्यस्तै, उनले वैदेशिक रोजगारीमा जानेले अनिवार्य रुपमा अग्रेजी भाषा सिक्नुपर्ने, परीक्षा दिनुपर्ने, मलेसिया जाने कामदारले तेस्रो पक्ष कम्पनीलाई शुल्क बुझाउनुपर्ने जस्ता झण्झटिला र श्रमिकलाई घाटा हुने व्यवस्था गरेका थिए । यस्ता व्यवस्था ल्याएपछि त्यसको चौतर्फी आलोचन भएको थियो । सोही बिषयमा मन्त्रालयसँगको छलफल गरी प्रधानमन्त्री दाहालले २५ पुसमा सुधारका लागि १६ बुँदे निर्देशन दिएका थिए । तर, मन्त्र भण्डारीले आफू पदमा रहुन्जेल उक्त निर्देशन पालना गरेका थिएनन् । 
 
प्रधानमन्त्रीको निर्देशनलाई कार्यान्वयन गर्न हालै नियुक्त भई मन्त्रालय आएका मन्त्री डोलप्रसाद अर्यालले अध्ययन समिति निर्माण गर्ने निर्णय गरेका हुन् । 

यस्ता छन् प्रधानमन्त्री दाहालले दिएका १६ बुँदे निर्देशन 


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit