विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीमा निर्माण सम्पन्न ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।  माउन्टेन इनर्जी नेपाल कम्पनीले निर्माण गरेको आयोजना बिहीबार रातिबाट प्रणालीमा जोडिएको हो ।

अहिले आयोजनाको पहिलाे युनिटबाट परीक्षण उत्पादन भइरहेको छ । बुधबार नै उत्पादन सुरु गर्ने भनिए पनि परीक्षणका क्रममा प्राविधिक समस्या देखिएका कारण बिहीबार मात्रै सम्भव भएको आयोजना प्रमुख दीपककुमार शाहले बताए ।

१४ मेगावाटकाे पहिलाे युनिटले १० मेगावाट विद्युत उत्पादन गरिरहेकाे छ । आयोजनाले उत्पादन गरेको विद्युत विद्युतगृहदेखि १३२ केभी प्रसारण लाइनमार्फत कालीगण्डकी कोरिडोर प्रसारण लाइनको २२०/१३२/३३ केभी दाना सबस्टेनमा जोडिएको छ । शुक्रबार साँझसम्ममा बाँकी २ युनिटबाट पनि  परीक्षण उत्पादन सुरु हुँदैछ ।

परीक्षण अवधिभर आयोजनाले १५ दिनसम्म नेपाल विद्युत प्राधिकरणलाई निशुल्क विद्युत दिनेछ । २ साताको परीक्षण चरण पूरा भएपछि पछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिने शाहले बताए । कोरोना (कोभिड–१९) को संक्रमण तीव्र गतिमा बढिरहेका बेला आयोजनाबाट परीक्षण उत्पादन सुरु गर्न पाउनु ठूलो उपलब्ध भएको उनले बताए ।

‘कोरोना महामारीका बीच पनि हामीले आयोजनाबाट उत्पादन सुरु गरेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘प्रतिकुल परिस्थितीमा आयोजना स्थलसम्म आएर सहयोग गर्नुहुने प्राधिकरणका पदाधिकारी, भोइथ इन्डियाका प्राविधिक, हाइड्रो कन्सल्ट, हाइ हिमालय, ऊर्जा नेपाल र होम्स नेपालका प्राविधिक प्रति आभारी छु ।’

आयोजनाको उत्पादन प्रणालीमा जोडिएकाले थोरै भए पनि भारतबाट आयात हुने विद्युत परिमाण घटाउन योगदान पुग्ने बताए । आयोजनाको परीक्षण उत्पादन सुरु गर्न प्राधिकरण पोखरा ग्रिड शाखाका प्राविधिक तथा म्याग्दीमै भएका प्राविधिक कर्मचारी खटिएका थिए ।

यसअघि चैत १५ सम्ममा विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि आयोजनास्थलमा कार्यरत कर्मचारी तथा कामदार कोरोना संक्रमित भएपछि धकेलिन पुगेको थियो । माउन्टेन इनर्जीले प्रतिमेगावाट १३ करोड ४३ लाख रुपैयाँ लागतमा यो आयोजना सम्पन्न गरेको छ ।

यो नै स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत आयोजना पनि हो । आयोजनामा नबिल बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल, लक्ष्मी, सिद्धार्थ र एस डेभलपमेन्ट बैंकले ऋण लगानी गरेका छन् ।

आयोजनामा भाटभटेनी समूह, आइएमई समूह, किया मोटर्स, सिटी मनी एक्सप्रेसलगायत व्यापारिक घरानाले स्वपुँजी लगानी गरेका छन् । २०७३ जेठ ३१ गतेदेखि निर्माण सुरु भएको आयोजना यसअघि नै प्रणालीमा जोडिइसक्नु पर्ने भए पनि प्रसारण लाइन निर्माणमा भएको ढिलाई, प्राकृतिक प्रकोप, कोरोना महामारीलगायत कारणले प्रभावित हुन पुगेको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेर बाँडफाँड गरि दोस्रो बजारमा कारोबार सुरु गरिसकेको छ । मिस्ट्री खोला लागतका हिसाबले आकर्षक आयोजना भएकाले दोस्रो बजारमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

कम्पनीले यसअघि नुवाकोटमा ५ मेगावाटको तादी खोलाको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । मिस्ट्री खोलाबाट विद्युत उत्पादन भई निस्कने पानीको उपयोग हुने गरी मिस्ट्री खोला–२ क्यासकेड आयोजना पनि कम्पनीले निर्माण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit