images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दुई जलविद्युत कम्पनीले बिजुली बेचेर ४८ करोड रुपैयाँ आम्दानी गरेका छन् । राधी विद्युत कम्पनीले लिमिटेड र अपि पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष (आव) २०७९/८० को ९ महिनाको अवधिमा सो आम्दानी गरेका हुन् ।

कम्पनीहरूले सार्वजानिक गरेको आव तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार साउनदेखि चैतसम्मको अवधिमा ४७ करोड ७७ लाख ९५ हजार ९ सय रुपैयाँ आम्दानी गरेका छन् । गत वर्षको तुलनामा दुई कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेको देखिएको छ । गत वर्ष यी कम्पनीले ५४ करोड ४४ लाख ६३ हजार ४ सय रुपैयाँ आम्दानी गरेका थिए ।

राधी विद्युत कम्पनीले जलविद्युत केन्द्रको विद्युत बिक्री गरी १० करोड ८२ लाख ९० हजार ७ सय रुपैयाँ र अपि पावर कम्पनीले ३६ करोड ९५ लाख ५ हजार २ सय रुपैयाँ आम्दानी गरेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ ।

यसैगरी, उक्त दुई कम्पनीले ९ महिनाको अवधिमा १३ करोड ६७ लाख ७ हजार ५ सय रुपैयाँ खुद नाफा कमाएका छन् । उत्पादन आम्दानी घटेपछि कम्पनीको नाफा पनि घटेको देखिएको छ । दुई कम्पनीले गत वर्ष २२ करोड २७ लाख ६३ हजार २ सय रुपैयाँ नाफा कमाएका थिए ।

राधी विद्युत कम्पनीको लमजुङमा ४.४ मेगावाटको राधी स्मल र अपि पावरको ८.५ मेगावाटको नौगड, ८ मेगावाटको माथिल्लो नौगड जलविद्युत आयोजना सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit