विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हिमाल दोलखा हाइड्रो पावर कम्पनीमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले इलाममा सञ्चालित जलविद्युत केन्द्रमा खटाउने ४ कर्मचारी माग गरेको हो ।

जिल्लाको माई खोलामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाको पावरहाउसमा मेसिन सञ्चालन गर्नका लागि ४ जना मेसिन अपरेटरकाे रिक्त पदपूर्ति गर्न आवेदन खुलाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इच्छुकले आगामी ७ दिनभित्र (असार २ गते) आवेदन दिइसक्नु पर्नेछ ।

इच्छुक व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो र आवश्यक कागजात सहित आवेदन दिन सक्नेछन् । यसका लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको र विद्युतगृह सञ्चालन सम्बन्धि प्राविधिक ज्ञान भएको हुनुपर्ने कम्पनीले जनाएको छ । आवेदकले आवेदनसँगै आकाश चौधरीलाई मोबाईल नम्बर ९८४२०३१११४ र ९८५१०८५९२२ मा सम्पर्क गर्नसक्नेछन् ।

कम्पनीले निर्माण गरेका साढे ४ मेगावाटको माईखोला र ८ मेगावाटको माई साना क्यासकेड आयोजनाबाट विद्युत उत्पादन भइरहेको छ । माई खोलाले २०६४ माघ १४ गते र माई साना क्यासकेडले २०७४ चैत्र २६ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit