images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल वाटर एण्ड इनर्जी डेभलप्मेन्ट कम्पनीले रसुवा निर्माण गरिरहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा खटाउने गरी ४१ कर्मचारीको माग गरिएको छ ।

१ जना कस्ट म्यानेजर, १ जना एचएसइ म्यानेजर, २ जना डिजाइन म्यानेजर, १ जना प्रमुख इन्जिनियर, १ जना साइट म्यानेजर, २ जना कर्मसियल अफिसर, २ जना कन्ट्राक्ट अफिसर, १ जना हुम्यान रिर्सोसेस अफिसर, २ जना क्वालिटी अफिसर, १ जना सिभिल म्यानेजर, १ जना सेफ्टी अफिसरको माग गरेको कम्पनीले जनाएको छ ।

यसैगरी, २ जना प्रशासनिक अफिसर, २ जना सिभिल इज्जिनियर, ३ जना मेकानिक फाेरम्यान, २ जना ब्लास्टर फाेरम्यान, ३ जना ल्याबर फाेरम्यान, २ जना कन्ट्रक्सन फाेरम्यान, २ जना कन्क्रीट टेक्निसियन, ३ जना सिभिल टेक्निसियन, २ जना इक्वीपमेन्ट इन्सटलमेन्ट टेक्निसियन, ३ जना फर्मवर्क टेक्निसियन र २ जना इलेक्ट्रीकल टेक्निसियनको माग गरिएको छ ।

कस्ट म्यानेजरको लागि व्यापार व्यवस्थापन विषयमा स्नात्तक तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । डिजाईन म्यानेजरको लागि इन्जिनियरिङ विषयमा स्नात्तक तह उत्तिर्ण गरी सम्बन्धीत क्षेत्रमा कम्तीमा ६ वर्ष कार्य अनुभव भएको, प्रमुख इन्जिनियरको लागि सम्बन्धित विषयमा स्नात्तक तह उत्तिर्ण गरी कम्तीमा पनि ७ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।

साथै, साइट म्यानेजरको लागि इन्जिनियरिङ विषयमा स्नात्तक तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा ७ वर्ष कार्यअनुभव भएको, कमरसियल अफिरको लागि सम्बन्धित विषयमा स्नात्तक तह उत्तिर्ण गरी ३ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।

इच्छुक योग्य व्यक्तिले सूचना प्रकाशित भएकाे ७ दिनभित्रमा आवेदन दिईसक्नुपर्नेछ । आवेदकले आवेदन दिदा बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ । आवेदकमध्ये प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी कार्यअनुभव भएकाले रोजागारीको अवसर पाउनेछन् । 

थप जानकारीकाे लागी

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit