विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हेटौंडा क्षेत्रको विद्युत सेवा तिन दिन बन्द गर्ने भएको छ । प्राधिकरणले ६६ केभी हेटौडा–परवानीपुर प्रसारण लाइनमा नयाँ टावर थप गर्न र पुरानो कन्डक्टर बदली गर्नका लागि सेवा बन्द गर्न लागेको हो ।

नेपाल सरकार र प्राधिकरणको सयुक्त लगानीमा सञ्चालित यस डबल सर्किट प्रसारण लाइनको टावर नम्बर ३०२ देखि ३१० दुँदै टावर नम्बर ३१४ र ३१५ को बिचमा ५ वटा नयाँ टावर थप गर्नुपर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको कन्डक्टर तान्ने काम भएकोले सेवा बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सो काम सम्पन्न गर्न ९ दिन लाग्छ ।

काम गर्न लागिएको सेक्सनलाई अगल गरी अन्यत्र विद्युत प्रवाह गर्न जम्पर खोल्ने/लगाउने कार्यका लागि लाइनको सेवा ३० गते (बुधबार), २ गते (शनिबार) र ७ गते (बिहीबार) बन्द गरिनेछ ।

बुधबार (भोली) हेटौडा सबस्टेसनको परवानीपुर फिडर–१ र परवानीपुर सबस्टेसनको हेटौडा फिडर–१ र २ को सेवा बिहान ७ बजेदेखि १० बजेसम्म बन्द हुनेछ । यस्तै, २ गते (शनिबार) परवानीपुर फिडर–१ र हेटौडा फिडर–२ वाट वितरण हुने विद्युत सेवा बेलुका ३ बजेदेखि ५ बजेसम्म अवरुद्ध हुनेछ ।

असोज ७ गते (बिहीबार) परवानीपुर फिडर–१ र हेटौडा फिडर–१ र २ बाट वितरण भएको विद्युत सेवा दिउसो २ बजेदेखि ५ बजेसम्म बन्द हुनेछ । यस आयोजनाबाट सटडाउन अवधिभित्र गरिनुपर्ने सम्पूर्ण कार्यहरू सम्पन्न गर्न यथाशक्य प्रयास गरिने उल्लेख छ ।

सटडाउन अवधिभित्र गर्नुपर्ने कार्यहरू कठिन रहेकाले २ गते बेलुकी ५ बजेसम्म सम्पूर्ण कार्य सम्पन्न हुन नसकेमा मात्र प्रसारण लाइनको सटडाउन अवधि बढ्न सक्ने प्राधिकरणले जनाएको छ ।

साथै, जगदम्बा इन्टरप्राइजेजको भदौ ३० गते (बुधबार) देखि असोज २ गतेसम्म (३ दिन) र त्रिवेणी स्पिनिङ मिल्सको असोज ३ गतेदेखि ५ गतेसम्म (५ दिन) विद्यूत आपूर्ति बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit