विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न तहमा कार्यरत १ सय १८ कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले भदौ २८ (सोमबार) को निर्णय अनुसार उप–प्रबन्धक (९ तह) देखि इन्जिनियर (७ तह) सम्मका कर्मचारीको सरुवा गरेको हो ।

सरुवा हुनेमा ९ जना उप–प्रबन्धक रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विराटनगर वितरण केन्द्रका मिथिलेश कुमार गोहीबारलाई घोराही वितरण केन्द्रमा सरुवा गरि जिम्मेवारी तोकिएको छ ।

यस्तै, भैरहवाका जितेन्द्र कुमार झालाई विरगञ्ज वितरण केन्द्रमा, विरगञ्जका शम्भु कुशियैत यादवलाई प्रदेश नम्बर १ प्रादेशिक कार्यालय, विराटनगरमा सरुवा गरिएको छ । प्रदेश नम्बर ३ प्रादेशिक कार्यालय काठमाडौंका सूर्य नारायण मण्डललाई धनगढी वितरण केन्द्रमा, जनकपुरको रामप्रसाद शाहलाई परासी वितरण केन्द्रमा, वितरण तथा ग्राहक निर्देशनालयको मनोज कुमार यादवलाई पुल्चोक वितरण केन्द्रमा सरुवा गरिएको छ ।

राजविराजको अमोद कुमार यादवलाई प्रदेश नम्बर १ प्रादेशिक कार्यलय विराटनगरमा, लेखनाथको परितोष कुमार चौधरीलाई बागमती प्रदेशको प्रादेशिक कार्यालय काठमाडौंमा र प्रादेशिक कार्यालय विराटनगरका धिरेन्द्र कुमार यादवलाई भद्रपुर वितरण केन्द्रमा सरुवा गरिएको छ ।

सोमबार नै ८ तह (सहायक प्रबन्धक) ३७ कर्मचारीको सरुवा गरिएको छ । ७ तह (इन्जिनियर) सबैभन्दा बढी ७२ कर्मचारी सरुवा भएको प्राधिकरण कर्मचारी प्रशासन महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit