विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विश्व जलवायु सम्मेलन कोप–२९ अजरबैजान र कोप–३० ब्राजिलमा हुने भएको छ । संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न कोप–२८ सम्मेलनले यस्तो निर्णय गरेको हो ।

अजरबैजानमा २०२४ नोभेम्बर ११–२२ सम्म र ब्राजिलममा २०२५ नोभेम्बर १०–२१ सम्म गर्ने निर्णय गरेको छ । कोप–२९ मा सरकारले जलवायु चुनौतीको मात्रा र जरुरीता झल्काउँदै नयाँ जलवायु वित्त लक्ष्य स्थापना गर्नुपर्नेछ । कोप–३० मा नयाँ राष्ट्रिय रूपमा निर्धारित योगदानका साथ तयार हुनुपर्नेछ ।

जीवाश्म इन्धनको युग ‘अन्त्यको’ सुरुवात गर्ने सहमति गर्दै कोप–२८ बुधबार (मंसिर २७ गते) सम्पन्न भएको छ । उत्सर्जन कटौती गरी न्यायपूर्ण विश्व निर्माणको आधार तयार गर्ने सहमति सम्मेलनबाट जुटेको हो ।

कोप–२८ सम्मेलन संयुक्त अरब इमिरेट्सको दुबईमा भएको थियो । सम्मेलनका दुई सय पक्ष राष्ट्रका वार्ताकारले विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न जलवायु कार्यलाई तीव्र पार्ने उद्देश्यमा सहमति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit