विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको पोल प्रयोग गर्ने सेवा प्रदायकलाई आगामी पुस ७ गतेभित्र सम्झौता गर्न निर्देशन दिएको छ । प्राधिकरणले संरचनाहरू प्रयोग गर्ने टेलिफोन, केबल टीभी र इन्टरनेट सेवा प्रदायकलाई आगामी ९ दिनभित्र  नविकरण  र सम्झौता गर्न निर्देशन दिएकाे हो ।

प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले सूचना सार्वजानिक गरी तोकिएको समयभित्र नियामनुसार सम्झौता नगर्ने, सम्झौता नवीकरण नगर्ने र विद्युतीय संरचना उपयोग गरी भाडा भुक्तानी नगर्ने सेवा प्रदायकलाई कारबाही गर्ने जनाएको छ ।

‘सेवा प्रदायकहरुलाई विद्युतीय संरचना उपयोगका लागि नियमानुसार सम्झौता गर्न बोलाइएको छ,’ ’सूचनामा भनिएको छ ‘सम्झौता गर्न नआउनेलाई प्राधिकरणको नियमअनुसार कारबाही गरिनेछ ।’

प्राधिकरणका अनुसार केही सेवा प्रदायकहरूले अहिलेसम्म भाडा दर भुक्तानी गरेका छैनन् । अब नियमानुसार मात्रै विद्युतीय संरचना सेवा प्रदायकलाई उपयोग गर्न दिइने हुँदा नयाँ सम्झौता  तथा नवीकरण गर्ने सेवाप्रदायकलाई अहिलेसम्मको भाडा रकम सबै भुक्तानी गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

सेवा प्रदायकहरूलाई प्राधिकरणसँग सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको काम नगर्न सूचनामा भनिएको छ । प्राधिकरणले २०७५ मा विद्युतीय  पोल र अप्टिकल फाइबरको भाडा दर बढाएपछि सेवा प्रदायकले त्यसको विरोध जनाउँदै भाडा तिर्न अटेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit