विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । सेती हाइड्रो पावर प्रालिले कास्कीको मुसेतोडामा निर्माण गरिरहेको २२ मेगावाटको सेती खोला जलविद्युत आयोजनाको काम ३५ प्रतिशत पूरा भएको छ । आगामी दुई वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको हो ।

पोखरा महानगर–३३, मुसेतोडामा निर्माणाधीन आयोजनाको हेडवक्र्स तथा हेडरेस टनेल (सुरुङ) ३१०० मिटर खन्नुपर्नेमा १२०० मिटर पूरा भएको आयोजना प्रमुख उज्जल रेग्मीले बताए । ‘हेडवर्क्स अन्तर्गत फल्ड वाल तथा सोल्प प्रोटेक्सनको काम सम्पन्न भई बालुवा थिग्राउने पोखरिको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ,’ उनले ऊर्जा खबर भने, ‘तोकिएको समयभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ विद्युतगृहको काम पनि भइरहेको छ ।’

कुमारी बैंक लिमिटेडको अगुवाईमा लगानी जोहो भएको आयोजना क्यू४२ डिजाइन डिस्चार्ज गरिएको कम्पनीले जानकारी दियो । यस्तै, सिभिल निर्माणको जिम्मा एमए कन्स्ट्रक्सन प्रालिले पाएको छ भने हाइड्रो मेकानिकलको माछापुच्छ्रे मेटलले गरिरहेको छ । कम्पनीका अनुसार गेट तथा पेनस्टकको फ्रेब्रिकेसन सुरु भएको छ ।

यसैगरी, इलेक्ट्रो मेकानिकलको ठेक्का टोयर इटलीमार्फत डिजाइनको तथा फ्रेब्रिकेसन भइरहेको छ । उत्पादित विद्युत प्रवाह गर्नका लागि १.५ किलोमिटर प्रसारण लाइनको डिजाइन भइरहेको टनेल इन्चार्ज प्रकाश पौडेलले बताए । आयोजनाबाट उत्पादित विद्युत यस प्रसारण लाइनमार्फत लेखनाथ–दमौली १३२ केभीमा ‘लुप इन लुप आउट’ प्रविधिवाट जडान गरिने पनि उनले बताए छ ।

परामर्शदाता सिइसी कन्सल्ट रहेको आयोजनाबाट वार्षिक १३ करोड ३० लाख युनिट विद्युत ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३