विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
सरकारका तीन निकायबीच त्रिपक्षीय समझदारी

काठमाडौं । सरकारले एक वर्षभित्र देशभर सञ्चालनमा रहेका सय वटा लघुजलविद्युत् आयोजनालाई केन्द्रीय प्रसारण प्रणालीमा जोड्ने भएको छ । प्रणाली सुदृढिकरण तथा दीर्घकालसम्म लघु तथा साना जलविद्युत् आयोजनालाई सञ्चालन गरिरहन विभिन्न जिल्लामा तयार भएका मिनी ग्रिडमार्फत प्रणालीमा आवद्ध गर्ने योजना छ ।

लघु तथा साना जलविद्युत् आयोजना पहिचान गरी ग्रिडमा जोड्ने तथा जुम्ला मिनी ग्रिड निर्माण एवं मिनी ग्रिड गुरुयोजना तयार गर्न नेपाल विद्युत् प्राधिकरण, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र एनइए इन्जिनियरिङ कम्पनीबीच समझदारी भएको छ । आगामी आर्थिक वर्षमा जुम्लामा निर्माण भएका ७ वटा लघु तथा साना जलविद्युत् आयोजना मिनी ग्रिडमा आवद्ध गर्ने योजना छ ।

प्राधिकरण, केन्द्र र एनइए इन्जिनियरिङबीच २०७७ चैत ९ गते भएको समझदारी अनुसार जुम्ला मिनी ग्रिड परियोजना कार्यान्वयन साथै १०० वटा सम्भाव्य लघुजलविद्युत् पहिचान गरी ग्रिडमा जोडिनेछ । समझदारीपत्रमा केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी तथा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हस्ताक्षर गरेका छन् ।

पटक–पटक विद्युत् आपूर्तिको समस्या झेल्दै आएको जुम्ला सदरमुकाममा प्राधिकरणले निर्माण गरेको एउटा साना जलविद्युत् तथा केन्द्रको सहयोगमा निर्मित ६ वटा आयोजना मिनी ग्रिडमा आवद्ध गरिनेछ । यसका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न एनइए इन्जिनियरिङ र केन्द्रबीच २०७७ कात्तिक २ गते सम्झौता भएको थियो । मिनीग्रिड निर्माण पश्चात् जुम्ला सदरमुकाममा विद्युत आपूर्ति सहज हुने अपेक्षा छ ।

सहकार्यबाट काम गर्दा आयोजनाको दिगो सञ्चालन र वितरण प्रणालीको कार्यक्षमतामा वृद्धि हुने केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले बताए । ‘लघुजलविद्युत् राष्ट्रिय प्रणालीमा आवद्ध गर्ने कामको सुरुवातले साना आयोजनाको दिगो सञ्चालन हुनेछ,’ उनले भने, ‘यसले प्राधिकरणको वितरण प्रणालीको कार्यक्षमता पनि बढाउनेछ ।’ यसबाट विद्युत् आपूर्ति थप विश्वासिलो र भरपर्दो हुने उनको भनाइ छ ।

यसैगरी, प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले साना आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा आवद्ध गर्दा व्यापारिक मोडालिटी (डाइरेक्ट पिपिए वा हाइब्रिड मोडालिटी) मा स्पष्ट हुनुपर्ने बताए । ‘स्थानीय तह र उपभोक्तासँग समन्वय गर्दै र ग्रिड कनेक्सनका लागि प्राविधिक सहयोग केन्द्रले गर्नुपर्छ,’ उनले भने, ‘यसो गर्न उपयुक्त व्यावसायिक प्रस्ताव (बिजिनेस प्रोपोजल) तयार हुनुपर्छ ।’ लघुजलविद्युत्लाई ग्रिडमा जोड्न प्राधिकरण सदैव उत्साहित रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit