विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले मिटर रिडिङ कार्य सुचारु गरेको छ । करिब १ महिनादेखि बन्द रहेको मिटर रिडिङ तथा नयाँ मिटर जडान कार्य मंगलबारबाट सुचारु गरिएको हो । 

कोरोना (कोभिड–१९) संक्रमणको जोखिम उच्च भएपछि बन्द भएको मिटर रिडिङ तथा जडान कार्य सुचारु गर्ने निर्णय भएको वितरण केन्द्र प्रमुख राजीव सिंहले बताए । ‘लामो समय मिटर रिडिङ नहुँदा ग्राहकले विद्युत महसुल तिर्न सकेका छैनन्,’ उनले ऊर्जा खबरसँग भने, ‘अब स्वास्थ्य सावधानीका उपायको पालना गर्दै मिटर रिडिङ कार्य सुरु गरेका छौं ।’

निशेधाज्ञा पनि केही खुकुलो भएकाले मिटर रिडरले ग्राहकको घर–घर गएर मिटर रिडिङ गर्न सुरु गरेको उनले बताए । वितरण केन्द्रले मिटर रिडिङ नभएको महिनामा अघिल्लो महिनाको खपत युनिटका आधारमा ग्राहकलाई बिल पठाएको थियो ।

मिटर रिडिङमा खटिने कर्मचारीमा कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै गत जेठ ३ गतेदेखि मिटर रिडिङ कार्य बन्द गरेको थियो । थ्रीफेज, टिओडी र औद्योगिक ग्राहकको मिटर रिडिङ कार्य भने नियमित गरिएको थियो ।

विद्युत महसुल संकलन काउन्टर खुलाउने निर्णय भने अझै भएको छैन ।  जिल्ला प्रशासनसँग असार ३ गते हुने छलफलपछि मात्रै महसुल संकलन काउन्टर खुलाउने/नखुलाउने भन्नेबारे निर्णय हुने वितरण केन्द्रले जनाएको छ ।

प्राधिकरणले कोरोना संक्रमणको जोखिम बढेपछि अधिकांश जिल्लाका विद्युत महसुल काउन्टर बन्द गरेको छ । ग्राहकले महसुल काउन्टरसम्म आई महसुल तिर्न सक्ने अवस्था नरहेकाले आफैं मिटर रिडिङ गरी त्यसको विवरण सम्बन्धित वितरण केन्द्रमा गराएर अनलाइन प्रविधिमार्फत महसुल भुक्तानी गर्न आग्रह प्राधिकरणले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३