विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) मा आउँदो ३ वर्षका लागि जलविद्युत उद्यमी गणेश कार्कीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचन निर्देशिका अनुसार योग्यता नपुगेको भन्दै हिजो (जेठ ३१ गते) अध्यक्षका अर्का प्रत्यासी किरण मल्लको उम्मेदवारी रद्द गरिएपछि कार्की निर्विरोध भएका हुन् ।

अध्यक्षसहित पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्षहरू आशिष गर्ग, उत्तम भ्लोन लामा, आनन्द चौधरी, भरतबहादुर खत्री र रामप्रसाद आचार्य पनि निर्विरोध चयन भएको जानकारी दिइएको छ । यस्तै, महासचिवमा बलराम खतिवडा, उप–महासचिवमा प्रकाशचन्द्र दुलाल चयन भएका छन् भने ५ जना सचिवमा हिमप्रसाद पाठक, विक्रम विष्ट, भरतकुमार खड्का, कविता पोखरेल कँडेल र भरतप्रसाद नेपाल चयन भएको जनाइएको छ । उता, कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त पनि निर्विरोध चयन भएका छन् ।

यसैगरी, ३ जना महिला सदस्यहरू सुसन कर्माचार्य, सुमनकुमारी जोशी र ईशा श्रेष्ठलाई यसअघि नै निर्विरोध चयन भएको घोषणा गरिएको थियो । ७ जना खुल्ला कार्यसमिति सदस्यका लागि १४ जनाको उम्मेदवारी परेकोमा मतदानमार्फत चयन गरिएको छ ।

निर्वाचित सदस्यहरूमा उत्तरकुमार श्रेष्ठ, टिएन आचार्य, भरतमणि नेपाल, विजयमोहन भट्टराई, भरत पराजुली, शंकर बस्याल र मिथुन चक्रवर्ती प्रसाद पौडेल, रहेका छन् । श्रेष्ठले सबैभन्दा धेरै २७३ मत पाउँदा बस्यालले २५४, नेपालले २२५, पराजुली र पौडेलले समान २१७, आचार्यले २१६ र भट्टराई १९३ मत सहित पाएका थिए ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानको हालकै विधान कायम रहिरहे आगामी ३ वर्षपछि डाँगी अध्यक्ष हुनेछन् । तर, कार्की भित्रकै निर्वाचित पदाधिकारी तथा अधिकांश कार्यसमिति सदस्यहरूले अलोकतान्त्रि विधान भएकोले यसको संशोधन गरेर जानुपर्ने दबाब दिएका छन् ।

उता, अध्यक्षमा प्रतिस्पर्धा गर्न अयोग्य घोषित गरिएका मल्लको समूहले भने ग्रिन इनर्जी पावर एसोसिएसन, नेपाल (जिपान) गठन गर्ने घोषणासँग आजै तदर्थ समिति गठन गरेको छ । इपानले विधानभन्दा बाहिर गएर इपान कब्जा गर्न खोजेको र सिंगो ऊर्जा उद्यमीका गुनासा सुनुवाईमा बेवास्ता गरेको आरोप सहित मल्ल समूहले जिपान गठन गर्ने निष्कर्षमा पुगेको हो । ऊर्जा अनुसन्धाता सूर्यप्रसाद अधिकारीको संयोजकत्व तथा विनोद देवकोटाको सह–संयोजकत्वमा जिपान स्थापनाका लागि तदर्थ समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit