विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भोजपुरमा निर्माणाधीन १४.१५ मेगावाटको तल्लो इर्खुवा जलविद्युत आयोजनाले अबको डेढवर्षभित्र विद्युत उत्पादन सुरु गर्ने भएको छ । लोअर इर्खुवा खोला हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाले २०८० साउनभित्र उत्पादन सुरु गर्ने भएको हो ।

जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिचो गाउँपालिकामा संरचना रहने गरी निर्माणाधीन आयोजना तिव्र गतिमा अघि बढेको कम्पनीका अध्यक्ष कुमार पाण्डेले बताए । उनका अनुसार आयोजनाको ३० प्रतिशत बढी निर्माण पूरा भएको छ ।

आयोजनाको बाँध, सुरुङ, विद्युतगृह सबै क्षेत्रको काम भइरहेको छ । आयोजनाको १ हजार १ सय मिटर मुख्य सुरुङ खनेर सकिएको छ । यसको काम देवकोटा–पविता जेभीले गरिरहेको छ । आयोजनाको कामको थालनी नै मुख्य सुरुङबाट भएकोले प्रगति बढी भएको पाण्डेले बताए ।

आयोजनाको सिभिल संरचनामध्ये बाँध, बालुवा थिग्राउने ट्याङ्की, पेनस्टक पाइपको सर्पोट र एङ्कर ब्लक, विद्युतगृह, स्वीचयार्ड आदीको काम अनिल मल्टि/बगाले थापा/बिएनटी जेभीले गरिरहेको कम्पनीले जनाएको छ ।

यस्तै, इलेक्ट्रो मेकानिकल उपकरणको डिजाइन, उत्पादन, ढुवानी, जडान तथा परीक्षणको लागि अन्तराष्ट्रिय प्रतिस्पर्धामा चिनियाँ कम्पनी चोङक्विङ वाटर टर्वाइन वक्र्स (सिडब्लुटीडब्लु) सँग सम्झौता सम्पन्न भइसकेको छ । हाइड्रो मेकानिल उपकरणका लागि भने ठेक्का आह्वान गरी प्राप्त प्रस्तावहरुको मुल्याङकन भइ रहेको कम्पनीले जनाएको छ ।

आयोजनाको सबै काम सम्पन्न गरी आगामी २०८० साउनभित्र उत्पादन सुरु गर्ने तालिका छ । यसअघि आयोजनाबाट २०७९ सालभित्र विद्युत उत्पादन सुरु गर्ने तालिका भएपनि कोरोना महामारीका कारण सरकारले एक वर्ष समयअवधि थप गरेको हो ।

आयोजना सम्पन्न भई उत्पादन हुने २२० केभी शीतलपाटी सबस्टेसनमा जोडिनेछ । तर, सितलपाटी सबस्टेसन निर्माण सम्पन्न गर्न अझै करिब ३ वर्ष लाग्ने भएकोले वैकल्पिक रुपमा जोड्नका लागि लाइनको व्यवस्थाको काम भइरहेको पनि पाण्डेले बताए ।

आयोजनाबाट वार्षिक  ७ करोड ५१ लाख युनिट बिजुली उत्पादन हुनेछ । यसबाट वार्षिक ४३ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । 

आयोजना सम्पन्न गर्न २ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको लगानी बैंकको ऋण तथा स्वपुँजी लगानीबाट जुटाइएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा नेपाल एसबिआई र ज्योति विकास बैंकले १ अर्ब ७२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।

७१ करोड रुपैयाँ स्वपुँजी लगानी छ । स्वपुँजी लगानी जुटाउन २१ करोड मूल्यको २१ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने कम्पनीको तयारी छ । यो सेयर प्रभावित क्षेत्रका स्थानीयबासी र सर्वसाधारणका लागि २ चरणमा निष्कासन गरी बाँडफाँड गरिनेछ । साधारण सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

आयोजनाको मुख्य प्रवद्र्वक नेशनल हाइड्रोले १८ वर्षदेखि सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रावती तेस्रो निर्माण गरी सञ्चालन गरिरहेको छ । नेशनल हाइड्रोले सिन्धुपाल्चोकमै ४.५ मेगावाटको तल्लो इन्द्रावतीको अनुमति भर्खरै पाएको छ । इन्द्रावती तेस्रो निर्माण गर्न बैंकहरूसँग लिएको ऋण भने कम्पनीले २०७४ सालमै चुक्ता गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit